एल आई सी नेपालले दियो मृत्युदाबी भुक्तानी ।

वालिङ : एल आई सी नेपालले ३७ बर्षको उमेरमै असामयिक निधन भएका वालिङ-०७ का स्व. भिम बहादुर सोतीको परिवारलाई मृत्युदाबी बापतको रु. ५ लाख ९६ हजार ५ सय रकम बराबरको चेक हस्तान्तरण गरेको छ । भीम बहादुरको गत फागुन १२ गते आफ्नै निवासमा असामयिक निधन भएको थियो ।
स्व. भीम बहादुर सोतीको श्रीमती कृष्णा कुमारी राना (सोती) लाई बुधबार उनकै घरमा पुगेर एल आई सी नेपाल वालिङ शाखाका प्रमुख नरेन्द्र विष्ट, एजेन्सी मेनेजर रुक बहादुर गुरुङ अभिकर्ताहरु सागर गुरुङ, औ बहादुर गुरुङ, लोक बहादुर सारु र मोहन गुरुङ लगाएतको टोलीले उक्त रकम बराबरको चेक हस्तान्तरण गरेका हुन् ।
स्व. सोतीले विगत तीन वर्ष पहिले एल आई सी नेपालको वालिङ शाखाबाट रु ५ लाखको जीवन बिमा अभिकर्ता मोहन गुरुङ मार्फत गराएका थिए ।
समाचार
थप सामाग्री
कोटिहोम विराट ज्ञान महायज्ञमा देशभरका ४ सय बढी ब्राह्मण सहभागिता हुने
३ हप्ता अगाडि
पोखरा : पोखरामा सञ्चालन भएको श्री गण्डकी शतकुण्डीय गायत्री कोटिहोम विराट ज्ञान महायज्ञ देशभरका व्रामण एक ठाउँमा जम्मा हुने भएका…