मिर्गाैलाका बिरामी आफ्नो शिक्षकलाई बिद्यार्थीले दिए ‘गुरुदक्षिणा’ ।
वालिङ :
मिर्गौलामा समस्या आएपछि उपचाररत वालिङका एक शिक्षकलाई आफैले पढाएका बिद्यार्थीहरुले गुरुदक्षिणा स्वरुप उपचार खर्च दिएकाछन् ।
वालिङ नगरपालिका वडा नम्वर १० का लेखनाथ गैह्रेलाई पाईनियज हायर एजुकेशन एकेडेमीको २०५७ सालको एसएलसी व्याचका बिद्यार्थीहरुले आर्थिक सहयोग गरेका हुन् । उनीहरुले संकलन गरेको १ लाख ८६ हजार ५ सय ५२ रुपैया रकम गैह्रेको घरमा नै पुगेर हस्तान्तरण गरिएको सो व्याचका बिद्यार्थी एबं युवा नेता बिष्णु पौडेलले जानकारी दिनुभयो । रकम सोही बिद्यालयका ४९ जना बिद्यार्थीसँग संकलन गरिएको उहाँले बताउनु भयो ।
४६ बर्षका शिक्षक गैह्रेको गण्डकी मेडिकल कलेज तथा शिक्षण अस्पताल पोखरामा उपचार भइरहेको छ ।
आफूहरुलाई शिक्षा दिने गुरु प्रति सदैव सद्भाव रहोस् भनेर सक्दो सहयोग गरेको तत्कालिन बिद्यार्थी आनन्द ढुंगानाले बताउनु भयो । उहाँले भन्नुभयो, ‘सेवा नै मानवीय धर्म हो र हामी सबैमा सहयोगी भावाना हुनु जरुरी छ ।’
.

समाचार
थप सामाग्री
प्रधानमन्त्री बालेनलाई स्याङ्जा–२ का सांसद झविलालले कुन-कुन विषयमा गराए ध्यानाकर्षण !
७ दिन अगाडि
काठमाडौं : राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद झविलाल डुम्रेले सिद्धार्थ राजमार्गको स्तरोन्नतीको विषयलाई प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) सँग राखेका…


