मिर्गाैलाका बिरामी आफ्नो शिक्षकलाई बिद्यार्थीले दिए ‘गुरुदक्षिणा’ ।
वालिङ :
मिर्गौलामा समस्या आएपछि उपचाररत वालिङका एक शिक्षकलाई आफैले पढाएका बिद्यार्थीहरुले गुरुदक्षिणा स्वरुप उपचार खर्च दिएकाछन् ।
वालिङ नगरपालिका वडा नम्वर १० का लेखनाथ गैह्रेलाई पाईनियज हायर एजुकेशन एकेडेमीको २०५७ सालको एसएलसी व्याचका बिद्यार्थीहरुले आर्थिक सहयोग गरेका हुन् । उनीहरुले संकलन गरेको १ लाख ८६ हजार ५ सय ५२ रुपैया रकम गैह्रेको घरमा नै पुगेर हस्तान्तरण गरिएको सो व्याचका बिद्यार्थी एबं युवा नेता बिष्णु पौडेलले जानकारी दिनुभयो । रकम सोही बिद्यालयका ४९ जना बिद्यार्थीसँग संकलन गरिएको उहाँले बताउनु भयो ।
४६ बर्षका शिक्षक गैह्रेको गण्डकी मेडिकल कलेज तथा शिक्षण अस्पताल पोखरामा उपचार भइरहेको छ ।
आफूहरुलाई शिक्षा दिने गुरु प्रति सदैव सद्भाव रहोस् भनेर सक्दो सहयोग गरेको तत्कालिन बिद्यार्थी आनन्द ढुंगानाले बताउनु भयो । उहाँले भन्नुभयो, ‘सेवा नै मानवीय धर्म हो र हामी सबैमा सहयोगी भावाना हुनु जरुरी छ ।’
.

समाचार
थप सामाग्री-
नेपाली कांग्रेसको सभापतिमा गगनकुमार थापा निर्वाचित
-
कांग्रेसमा अमृत वोस्तीको उम्मेदवारी, प्रवासीको आवाज केन्द्रमा पुर्याउने दाबी
-
केन्द्रीय सदस्यमा ढकालको उम्मेदवारी, उद्यमदेखि सामाजिक अभियानसम्मको अनुभवलाई कांग्रेसको नीतिमा जोड्ने लक्ष्य
-
‘अब कुनै पक्ष-विपक्ष छैन, हामी एउटै परिवार हौँ’: नवनिर्वाचित क्षत्रीय सभापति खनाल
-
व्यवसाय, समाजसेवा र राजनीतिलाई जोड्ने प्रयास : खुमा अर्यालको नयाँ अध्याय
सङ्घर्ष, समर्पण र जिम्मेवारीको पर्याय: केदार काफ्लेको निष्ठापूर्ण राजनीतिक यात्रा
२ हप्ता अगाडि
राजनीति निष्ठा, निरन्तरता र जनताप्रतिको अगाध समर्पणको परीक्षा हो। त्यही परीक्षामा चार दशकभन्दा बढी समयदेखि खरो उत्रिँदै आउनुभएका एक निर्भीक,…


