उद्योगपति खुमा अर्यालले चापाकोटमा पुगेर भने,‘५० हजार कुखुरापालन गरि रोजगारी सिर्जना गराउँछु।’
चापाकोट : स्याङ्जा जिल्लाको चापाकोट नगरपालिकामा रहेको चापाकोट उद्योग वाणिज्य संघले उद्योगपति एवं मेडिकल सञ्चालक खुमाप्रसाद अर्याललाई भव्य स्वागत गरेको छ ।
संस्थाको विकास एवं चापाकोटमा उद्योग सञ्चालन गर्नेको लागि आफु प्रतिबद्ध रहेको बताउदै उद्योगपति अर्यालले वाणिज्य संघले उपयुक्त वातावरण मिलाउन आग्रह गरे ।
.

उनले आफु जिल्लाबासी पनि भएको बताउँदै चापाकोटमा ५० हजार जति कुखुरा पालन गर्ने र साना ठूला गरि सबै किसानहरुलाई मर्का नपर्ने गरि युवाहरुलाई सवरोजगार बनाउनु पर्ने बताएका थिए ।
संस्थाका वरिष्ठ उपाध्यक्ष निर्मल राना मगरको स्वागतसँगै सुरु भएको अन्तक्रिर्याको अध्यक्षता मणिप्रसाद खनाल र सञ्चालन महासचिव शिव श्रेष्ठले गरेका थिए ।
करिब ५० जना चापाकोट नगरपालिका उद्योगी एवं व्यापारी सहभागी कार्यक्रममा नेपाली कांग्रेसका नगर सभापति रामचन्द्र पंगेनी, महिला नेतृ गायत्री अर्याल, पत्रकार एवं युवा व्यावसायीहरु सहभागी भएका थिए ।
समाचार
थप सामाग्री-
आँधीखोलामा नुहाउने क्रममा बेपत्ता भएकी महिला मृत अवस्थामा फेला ।
-
स्याङ्जा :अचेत भेटिएकी महिलाको मृत्यु
-
पोखरामा ट्रकको ठक्करबाट स्याङ्जा का २५ वर्षीय युवाको मृत्यु
-
२५ वर्षदेखि छाङछाङदी मन्दिरमा बस्दै आएका ५५ वर्षीय साधु मृत भेटिए
-
स्याङ्जाको आँधीखोलामा भेटिएको शव वालिङ–११ का प्रेमबहादुर थापाको भएको पुष्टि
संकटमा मानवताको सहारा: बाढी-पीडितको लागि पतन्जलीको २ करोड ११ लाख
३ हप्ता अगाडि
काठमाडौँ : प्रकृतिले विनाशको लीला रचाउँदा हजारौँ नेपालीको ओठको मुस्कान खोसिएको छ, घर-आँगन भत्किएका छन्। तर, यही महाविपत्तिको अँध्यारोमा करुणा…


