उद्योगपति खुमा अर्यालले चापाकोटमा पुगेर भने,‘५० हजार कुखुरापालन गरि रोजगारी सिर्जना गराउँछु।’
चापाकोट : स्याङ्जा जिल्लाको चापाकोट नगरपालिकामा रहेको चापाकोट उद्योग वाणिज्य संघले उद्योगपति एवं मेडिकल सञ्चालक खुमाप्रसाद अर्याललाई भव्य स्वागत गरेको छ ।
संस्थाको विकास एवं चापाकोटमा उद्योग सञ्चालन गर्नेको लागि आफु प्रतिबद्ध रहेको बताउदै उद्योगपति अर्यालले वाणिज्य संघले उपयुक्त वातावरण मिलाउन आग्रह गरे ।
.

उनले आफु जिल्लाबासी पनि भएको बताउँदै चापाकोटमा ५० हजार जति कुखुरा पालन गर्ने र साना ठूला गरि सबै किसानहरुलाई मर्का नपर्ने गरि युवाहरुलाई सवरोजगार बनाउनु पर्ने बताएका थिए ।
संस्थाका वरिष्ठ उपाध्यक्ष निर्मल राना मगरको स्वागतसँगै सुरु भएको अन्तक्रिर्याको अध्यक्षता मणिप्रसाद खनाल र सञ्चालन महासचिव शिव श्रेष्ठले गरेका थिए ।
करिब ५० जना चापाकोट नगरपालिका उद्योगी एवं व्यापारी सहभागी कार्यक्रममा नेपाली कांग्रेसका नगर सभापति रामचन्द्र पंगेनी, महिला नेतृ गायत्री अर्याल, पत्रकार एवं युवा व्यावसायीहरु सहभागी भएका थिए ।
समाचार
थप सामाग्री-
नेपाली कांग्रेसको सभापतिमा गगनकुमार थापा निर्वाचित
-
कांग्रेसमा अमृत वोस्तीको उम्मेदवारी, प्रवासीको आवाज केन्द्रमा पुर्याउने दाबी
-
केन्द्रीय सदस्यमा ढकालको उम्मेदवारी, उद्यमदेखि सामाजिक अभियानसम्मको अनुभवलाई कांग्रेसको नीतिमा जोड्ने लक्ष्य
-
‘अब कुनै पक्ष-विपक्ष छैन, हामी एउटै परिवार हौँ’: नवनिर्वाचित क्षत्रीय सभापति खनाल
-
व्यवसाय, समाजसेवा र राजनीतिलाई जोड्ने प्रयास : खुमा अर्यालको नयाँ अध्याय
सङ्घर्ष, समर्पण र जिम्मेवारीको पर्याय: केदार काफ्लेको निष्ठापूर्ण राजनीतिक यात्रा
४ हप्ता अगाडि
राजनीति निष्ठा, निरन्तरता र जनताप्रतिको अगाध समर्पणको परीक्षा हो। त्यही परीक्षामा चार दशकभन्दा बढी समयदेखि खरो उत्रिँदै आउनुभएका एक निर्भीक,…


