स्याङ्जाको कालीगण्डकीमा स्टिमर सेवा सुरु भयो, यात्रु भएनन्
स्याङ्जा :
स्याङ्जाको कालीगण्डकी सञ्चालित स्टिमर सेवा कोरोना कहरका कारण प्रभावित बनेको छ । बिश्वव्यापी रुपमा फैलिएको कोरोना महामारीका कारण बन्द भएको स्टिमर सेवा दशै पर्वलाइ लक्षित गरि पुनः संचालनमा ल्याइएको भए पनि यात्रुहरुको चहलपहल भने ठप्प रहेको छ । जलयात्राको आनन्द लिन र स्टिमरबाट शालिग्राम शीलाको दर्शन गर्नका लागि भिडभाड हुने यो ठाउँ अहिले प्रायः शुन्य रहेको छ ।
कोरोना संक्रमणको जोखिम कायमै रहेकोले अहिले घुम्न आउने पर्यटकको संख्यामा कमी आएको शालिग्राम कालीगण्डकी जल यातायात प्रालिका कोषाध्यक्ष प्रेम माझीले बताउनुभयो । उहाँले भन्नुभयो, सामान्य अवस्थामा दैनिक ४ र ५ सय जनाले स्टिमर सेवा लिने गरेकोमा पछिल्लो समयमा दैनिक १२÷१३ जना मात्रै हुने गर्दछन् ।
कोषाध्यक्ष माझीका अनुसार मानिसहरुको चहलपहल कम भएकोले कर्मचारीको तलब समेत धान्न मुस्किल परेको छ ।
अवस्था सामन्य हुँदा कालिगण्डकी ए जलविद्युतका उत्पादनका क्रममा बनेको सुन्दर तालको अवलोकन गर्नेहरुको संख्या उल्लेख्य हाल भने महने गरेको अनुभव स्थानीय व्यापारी शान्ति न्यौपाने ।
कालीगण्डकी गाँउपालिका वडा नम्वर ७ को आँधिमुहानबाट गल्याङ नगरपालिकाको वडा नम्वर ५ मा पर्ने शालिग्राम शीलास्थल सम्म पुग्नका लागि झण्डै ३० मिनेट लाग्दछ जसमा प्रति यात्रुहरुको लागि रु ४ सय भाडा तय गरिएको छ । कालीगण्डकी पाेष्टकाे सहयाेगमा
.

समाचार
थप सामाग्री-
एमालेले सबै निर्वाचन क्षेत्रका उम्मेदवार टुङ्ग्यायो यी हुन् एमालेका उम्मेदवार : को- कहाँ ? (सूचीसहित)
-
प्रथम ॐ कार कपको उपाधि एनएएफसी पोखरालाई
-
स्याङ्जामा निर्वाचन प्रहरी भर्नाको म्याद दुई दिन थपियो ।
-
स्याङ्जाका दुबै निर्वाचन क्षेत्रमा निर्वाचन अधिकृतको कार्यालय स्थापना ।
-
आयुर्वेद चिकित्सा परिषदमा दर्ता भएका जनशक्तिबाट मात्र सेवा लिन आग्रह
प्रथम खुमा अर्याल टि–२० रनिङ कप क्रिकेट सुरु हुँदै ।
२ दिन अगाडि
स्याङ्जा : प्रथम खुमा अर्याल टि–२० रनिङ कप क्रिकेट प्रतियोगिता शुक्रबारबाट सुरु हुँदैछ । पुतलीबजार नगरपालिका –१ मालेबगर खेलमैदानमा खुमा…


