इन्डियन प्रिमियर लिगः दिल्ली क्वालिफायरमा, पराजित बैग्लोर पनि प्लेअफमा ।
रोयल च्यालेन्जर्स बैग्लोरलाई ६ विकेटले पराजित गर्दै दिल्ली क्यापिटल्सले इन्डियन प्रिमियर लिग (आइपिएल)को क्वालिफायरमा प्रवेश गरेको छ।
सोमबार राति भएको खेलमा बैग्लोरलाई पराजित गर्दै दिल्लीले लगातार दोस्रो सिजन प्लेअफमा स्थान बनाउन सफल भएको हो।
दिल्लीसँग पराजित भएपनि बैग्लोर पनि प्लेअफमा पुगेको छ। तेस्रो स्थानमा रहेको बैग्लोर कोलकाताका भन्दा नेटरनरेटले अगाडी रहेपछि प्लेअफमा स्थान बनाउन सफल भएको हो।
पहिलो क्वालिफायरमा फाइनलमा स्थान मुम्बई र दिल्ली बिहिबार भिड्नेछन्। शुक्रबार तेस्रो र चौथो स्थानमा रहेका टोलीले एलिमिनेटर खेल खेल्नेछ।
मंगलबार हैदराबाद मुम्बईविरुद्ध विजयी भएमा प्लेअफमा पुग्नेछ। पराजित भएमा कोलकाताले प्ले अफमा स्थान बनाउने छ। हैदराबाद पराजित भएमा एलिमिनेटरमा कोलकाता र बेंगलोर भिड्ने छन्।
टस हारेर पहिले ब्याटिङ गरेको बैंगलोरले ७ विकेटको नोक्सानीमा १ सय ५२ रन बनाएको थियो । देबदुत पडीकलले ५०, एबी डी भिलियर्सले ३५ तथा कप्तान विराट कोहलीले २९ रन बनाए । दिल्लीका एनरिच नोर्टजेले ३ विकेट लिए । कागिसो राबडाले २ तथा रविचन्द्र आश्विनले १ विकेट लिए । बैंगलोरले दिएको १ सय ५३ रनको लक्ष्य दिल्लीले १९ ओभरमा मात्र ४ विकेट गुमाएर पूरा गर्यो ।
समाचार
थप सामाग्री-
नेपाली कांग्रेसको सभापतिमा गगनकुमार थापा निर्वाचित
-
कांग्रेसमा अमृत वोस्तीको उम्मेदवारी, प्रवासीको आवाज केन्द्रमा पुर्याउने दाबी
-
केन्द्रीय सदस्यमा ढकालको उम्मेदवारी, उद्यमदेखि सामाजिक अभियानसम्मको अनुभवलाई कांग्रेसको नीतिमा जोड्ने लक्ष्य
-
‘अब कुनै पक्ष-विपक्ष छैन, हामी एउटै परिवार हौँ’: नवनिर्वाचित क्षत्रीय सभापति खनाल
-
व्यवसाय, समाजसेवा र राजनीतिलाई जोड्ने प्रयास : खुमा अर्यालको नयाँ अध्याय
सङ्घर्ष, समर्पण र जिम्मेवारीको पर्याय: केदार काफ्लेको निष्ठापूर्ण राजनीतिक यात्रा
३ हप्ता अगाडि
राजनीति निष्ठा, निरन्तरता र जनताप्रतिको अगाध समर्पणको परीक्षा हो। त्यही परीक्षामा चार दशकभन्दा बढी समयदेखि खरो उत्रिँदै आउनुभएका एक निर्भीक,…


