सुआहाराद्धारा गण्डकीका ६ जिल्लाका स्वास्थ्य स्वयंसेविकाहरुलाई स्वास्थ्य सुरक्षा सामाग्री प्रदान ।

Aandhikhola_syangja_Diyalo

स्याङजा :
गण्डकी प्रदेशका बिभिन्न ६ जिल्लाका महिला स्वास्थ्य स्वयंसेविकाहरुलाई स्वास्थ्य सम्बन्धी आधारभुत सुरक्षाका सामाग्रीहरु प्रदान गरिएको छ ।
कोरोना भाइरस रोग (कोभिड १९) को महामारीको बेलामा पनि कार्यक्षेत्रको अग्रभागमा रहेर स्वास्थ्य र पोषणको क्षेत्रमा काम गर्दै आएका स्वयसेविकाहरुलाई मास्क,स्यानिटाइजर लगायतका आधारभुत सुरक्षाका सामाग्रीहरु प्रदान गरिएको हो ।
यू एस ए आइ डी को आर्थिक सहयोग, हेलेन केलर इन्टरनेशनलको व्यवस्थापन, स्थानिय संस्थाहरुसँगकोे साझेदारी र स्थानिय सरकारहरुसँगको समन्वयमा संचालित सुआहारा परियोजना मार्फत स्वास्थ्य सुरक्षाका सामाग्रीहरु प्रदान गरिएको सुआहाराका गण्डकी प्रदेश संयोजक याम जिसीले जानकारी दिनुभयो ।

.

बेस नेपाल, नवलपरासी


परियोजना लागुभएका गण्डकी प्रदेशका स्याङ्जा, बाग्लुङ, म्याग्दी, गोरखा, लमजुङ र नवलपरासी (ब सु पु) सहित ६ वटा जिल्लाका ५४ वटा स्थानिय तहहरु मार्फत सामाग्रीहरु प्रदान गरिएको संयोजक जिसीले बताउनु भयो ।
नेपाल सरकारले आगामी मंसीर ११ र १२ गते ६ महिनादेखी ५९ महिना सम्मका बालबालिकाहरुलाई लक्षित गरी राष्ट्रिय भिटामिन ए अभियान संचालन गर्न लागेको भन्दै संयोजक जिसीले भन्नुभयो, “वालबालिकाहरु र महिला स्वास्थ्य स्वयंसेविकाहरुको दोहोरो स्वास्थ्य सुरक्षाको लागि स्वास्थ्य सुरक्षाका सामाग्री प्रदान गरिएको हो ।” उहाँले ६ जिल्लाहरुका सबै महिला स्वास्थ्य स्वयंसेविकाहरुलाई पुग्ने गरी र ३ हजार ६ सय ५ थान स्यानिटाइजर र १८ हजार २५ थान मास्क वितरणका लागि सहयोग गरिएको हो ।
नेपाल सरकारले बर्षको २ पटक राष्ट्रिय भिटामिन ए अभियान संचालन गर्दै आइरहेकोछ । यो अभियानलाइ व्यक्ति, घर, परिवार, संघ संस्था तथा सरोकारवालाहरु सबै मिलेर सम्पन्न गर्नु सबैको दायित्व रहेको संयोजक जिसीको भनाइ छ ।

.


यू एस ए आइ डी को आर्थिक सहयोग मा संचालीत सुआहारा परियोजनाका स्थानिय साझेदार संस्थाहरु स्याङजामा दियाला, संस्था बाग्लुङमा गाजा डेभलपमेन्ट फाउण्डेसन, म्याग्दीमा मिलन म्याग्दी, गोरखामा पद्धति बिकास केन्द्र, लमजुङमा आर सी डि सी नेपाल र नवलपरासी (ब सु पु) मा बेस नेपालले सम्बन्धित स्थानिय तहहरुसँगको समन्वयमा यो सहयोग प्रदान गरेकाहुन ।
गण्डकी प्रदेशका ६ जिल्लाका स्थानिय साझेदार संस्थाहरुका एक सय १६ जना फिल्ड कर्मचारीहरुले अभियान पुर्व सुचना दिने र सचेतना जगाउने र अभियानको क्रममा कोभिड १९ सम्बन्धी सिफारिस गरिएका जनस्वास्थ्यका आधारभुत सुरक्षात्मक मापदण्डहरुका बारेमा जानकारी गराउने परियोजनाले जनाएको छ ।
यसैबीच स्याङजाका ११ वटै स्थानीयतहमा दियालो सुआहारा परियोजनाले स्वास्थ्य सुरक्षाका सामाग्रीहरु प्रदान गरेको कार्यक्रम प्रमुख ओमसुव गुरुङले जानकारी दिनुभयो ।

Facebook Comments Box
TOP