गुल्मीमा जीप दुर्घटना, ५ जनाको मृत्यु
गुल्मीको इस्मा गाउँपालिकामा शुक्रबार बिहान जिप दुर्घटनाग्रस्त हुँदा पाँच जनाको घटनास्थलमै मृत्यु भएको छ । दुर्घटनामा दुई जना गम्भीर घाइते भएका छन् । इस्मा–४ हुलबाट तम्घास आउँदै गरेको लु१ज ११६६ नम्बरको जिप सडकबाट खसेको हो ।
इस्मा प्रहरी चौकीका इन्चार्ज मोहनलाल अधिकारीका अनुसार मृत्यु हुनेमा इस्मा–४ का ६५ वर्षीय डम्बर हितान, ३३ वर्षीय शिव दर्लामी, ३० वर्षीय वसन्त दर्लामी, ३३ वर्षीय धनबहादुर अछामी र मालिका गाउँपालिका–५ की ८० वर्षीया सुन्दरी थापा छन् ।
जिपमा चालक र सहचालकसमेत गरी नौ जना सवार थिए । प्रहरीका अनुसार इस्मा गाउँपालिका–४ कै १९ वर्षीय पर्शुराम थापा र २८ वर्षीया सरस्वती दर्लामी गम्भीर घाइते छन् ।
सडकमा घुम्ती मोड्न नसकेपछि जिप भिरबाट खसेको सहचालक कमल हितानले बताएका छन् । चालक बुद्ध बस्नेत सकुशल रहेको प्रहरीले जनाएको छ । इकान्तीपुरबाट
समाचार
थप सामाग्री
प्रधानमन्त्री बालेनलाई स्याङ्जा–२ का सांसद झविलालले कुन-कुन विषयमा गराए ध्यानाकर्षण !
१ हप्ता अगाडि
काठमाडौं : राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद झविलाल डुम्रेले सिद्धार्थ राजमार्गको स्तरोन्नतीको विषयलाई प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) सँग राखेका…


