खेलाडीलाई सहयोग गर्दै वडा अध्यक्ष भट्टराई ।
भूपराज बस्याल/स्याङ्जा :
गल्याङ नगरपालिका वडा नम्बर तीनका अध्यक्ष महेश भट्टराईले नगरपालिका भित्रका रहेका खेलाडीहरुलाई विभिन्न खेलकुदका सामग्री वितरण गर्नुभएको छ ।
नगरका केही जनप्रतिनिधिहरु हरेक कामको लागि आफ्नै पाटिका कार्यकर्ता मात्रै खोज्ने गरेका घटनाहरु बाहिर आइरहेका बेला मजदुर देखि वृद्धसम्मका अभिभावकको भूमिका निर्वाह गरेर उदाहरणीय जनप्रतिनिधिको रुपमा देखा पर्नु भएका भट्टराईले वडा नम्बर ६ पिडिखोलाका १२ क्लबलाई नेट र भलिबल वितरण गर्नु भएको छ ।
आफुले निर्वाचन जितेको क्षेत्रका कार्यकर्ता मात्रै सहयोग गर्ने कतिपय जनप्रतिनिधिको परिपाटीलाई लत्याउदै भट्टराई आफू निर्वाचनमा सहभागी नभएका विभिन्न वडामा गएर सहयोग गर्नु भएको छ ।
नेपाली काङ्ग्रेसका वडा नम्बर ६ का पाटी सभापति जायश्वार पाण्डे,महिला नेत्री सीता चापागाईं, उद्याेग बाणिज्य संघ गल्याङका महासचिव कृष्ण भट्टराई ,नेपाल विद्यार्थी संघ गल्याङ बहुमुखी क्यापसका सभापति छबिलाल भुसाल वडा नम्बर ६ का तरुण दल सभापति जीवन चापागाईं,तरुण नेता चन्द्र चापागाईं,छिरिङ गुरुङ, प्रेम गुरुङ लगायत स्थानीय नेताहरुको उपस्थितिमा भट्टराईले ब्यक्तिगत खर्चमा १२ वटा क्लबलाई भलिबल २३ र नेट १२ वितरण गर्नु भएको थियो ।
त्यतिमात्र होइन सबैलाई सहयोग गर्नपर्छ भन्ने भाव रहेका भट्टराई कहिलेकाही सहयोग लिएर आसपासका पालिकाहरुमा पनि पुग्नु भएको छ । बिहानैदेखि साझासम्म जनताको काममा ब्यस्त हुने जनप्रतिनिधि भट्टराई जस्तै साच्चिकै जनताको सेवामा खटिने हो भने स्थानीय सरकारले गरेको परिवर्तन जनताले महसुस गर्न सक्ने थिए ।
.

समाचार
थप सामाग्री-
नेपाली कांग्रेसको सभापतिमा गगनकुमार थापा निर्वाचित
-
कांग्रेसमा अमृत वोस्तीको उम्मेदवारी, प्रवासीको आवाज केन्द्रमा पुर्याउने दाबी
-
केन्द्रीय सदस्यमा ढकालको उम्मेदवारी, उद्यमदेखि सामाजिक अभियानसम्मको अनुभवलाई कांग्रेसको नीतिमा जोड्ने लक्ष्य
-
‘अब कुनै पक्ष-विपक्ष छैन, हामी एउटै परिवार हौँ’: नवनिर्वाचित क्षत्रीय सभापति खनाल
-
व्यवसाय, समाजसेवा र राजनीतिलाई जोड्ने प्रयास : खुमा अर्यालको नयाँ अध्याय
सङ्घर्ष, समर्पण र जिम्मेवारीको पर्याय: केदार काफ्लेको निष्ठापूर्ण राजनीतिक यात्रा
३ हप्ता अगाडि
राजनीति निष्ठा, निरन्तरता र जनताप्रतिको अगाध समर्पणको परीक्षा हो। त्यही परीक्षामा चार दशकभन्दा बढी समयदेखि खरो उत्रिँदै आउनुभएका एक निर्भीक,…


