गल्याङ नगरपालिकाका किसानलाई घाँसको विऊ वितरण

गल्याङ : स्याङ्जाको गल्याङ नगरपालिकामा किसानहरुलाई हिउँदे घाँसको विऊ वितरण गरिएको छ ।
गल्याङ नगरपालिका पशु सेवा शाखाको समन्वयमा नगरपालिका भित्रका किसानहरुलाई घाँसको विऊ वितरण गरिएको हो ।
विउ वितरण कार्यक्रममा गल्याङ नगरपालिका प्रमुख भुपराज अधिकारीले दुध र मासु उत्पादक किसानहरुलाई लक्षित गरी विउ वितरण गरिएको बताउनुभयो ।
नगरप्रमुख अधिकारीले भन्नुभयो –‘स्थानीयवासीमा पशुपालनप्रति रुची बढ्दै गएको छ, व्यवसायिक र आत्मनिर्भर किसान बनाउनका लागि घाँस वितरणले भूमिका खेल्छ ।’
उहाँले किसानलाई आत्मनिर्भर बनाउन नगरपालिकाले आवश्यक सबै खालका सहयोग गर्न तयार रहेको बताउनुभयो ।
गल्याङ नगरपालिका पशु सेवा शाखा प्रमुख सुशिल अर्यालले दुध तथा मासुको उत्पादन लागत घटाउन उन्नत जातका घाँसको विउ वितरण गरिएको जानकारी दिनुभयो ।
उहाँले कोभिडका कारण वडागत रुपमा किसानलाई कार्यालयमा बोलाई विउ वितरण गरिएको स्पष्ट पार्नुभयो । वडा नम्बर १ देखि ६ सम्मका करिब एक सय जना व्यक्ति तथा कृषि फर्महरुलाई आइतबार विउ वितरण गरिएको जानकारी दिदै उहाँले अन्य वडाका किसान तथा कृषि फार्महरुलाई सोमबार विउ वितरण गरिएको बताउनुभयो ।
अर्यालले हिँउँदे घाँस अन्तर्गत जै र बर्षिम जातका घाँसका विउ वितरण गरिएको जानकारी दिनुभयो ।
गल्याङ नगरपालिकामा दुधमा प्रति लिटर १५ रुपैयाँ अनुदानको व्यवस्था गरेपछि दुध उत्पादक किसानहरु व्यवसायिक ढंगले पशुपालनमा लाग्न थालेका छन् ।
भिडियाे : वालिङमा जनस्वास्थ्य विपदको घोषणा, एक हप्ताकाे बन्दमा के गर्न पाईन्छ के गर्न पाईदैन : नगरप्रमुख खाँण
समाचार
थप सामाग्री-
गण्डकी कोटिहोम महायज्ञको स्थान परिवर्तन, अब पोखरा-१७ बिरौटामा सञ्चालन हुने
-
वालिङ बैंकर्स क्लबले वित्तीय साक्षरता बढाउन गर्यो प्रभातफेरी
-
स्याङ्जाका पत्रकार सुवेदी ‘नेशनल हेल्थ अवार्ड’ बाट सम्मानित
-
वालिङ क्याम्पसको स्ववियुमा निर्वाचित टोली सम्मानित ।
-
गरिमा विकास वैकद्वारा वालिङ क्याम्पसमा वित्तीय साक्षरता कक्षा

हुम कुमारी मल्लको पुण्य तिथिमा सहयोग सामग्री हस्तान्तरण
१ हप्ता अगाडि
स्याङ्जा : समाजसेवी क्या. चित्र बहादुर मल्लले आफ्नी धर्मपत्नी स्व. हुम कुमारी मल्लको ४५ दिनकाे पुण्य तिथिको अवसरमा अपांगता भएका…