गल्याङमा अब प्रत्येक शनिबार बजार बन्द हुने ।

galyang


टिकाराम अधिकारी/गल्याङ :

गल्याङ उद्योग वाणिज्य संघ गल्याङले मंसिर ६ गते देखि प्रत्येक शनिबार बजार बन्द गर्ने भएको छ ।
गल्याङ उद्योग वाणिज्य संघका अध्यक्ष यज्ञ प्रसाद अर्यालले भन्नु भयो, विगत ५/६ वर्ष अगाडि देखि चाडपर्व वाहेक प्रत्येक शनिबार बन्द गर्दै आएको बजार २०७७ मंसिर ६ गते शनिबार देखि बन्द गर्न थालिएको र यसबाट ग्राहकमा पर्न गएको असुविधा प्रति क्षमा माग्नु भएको थियो ।
उहाँले भन्नु भयो एक हप्ता सम्म विक्री वितरण गरेको लगाना उठाउन पनि हुने र व्यापार व्यवसाय सञ्चालन गर्दा कहिले काही मरोरञ्जन पनि आवश्यक पर्ने भएकाले यस्तो कार्यले व्यापारीरुहलाई सहज हुने आफ्न्त भेटघाटलाई समेत समय दिन सक्ने भएकाले पनि यो आवश्यक भएको कुरा अध्यक्ष अर्यालले बताउनु भयो ।

भिडियाे : वालिङमा जनस्वास्थ्य विपदको घोषणा, एक हप्ताकाे बन्दमा के गर्न पाईन्छ के गर्न पाईदैन : नगरप्रमुख खाँण


उहाँले भन्नु भयो हामीलाई बजार बन्द गरेर सहयोग गर्न समेत आग्रह गर्नु भएको थियो ।
गल्याङ उद्योग वाणिज्य संघका महासचिव कृष्ण प्रसाद भट्टराईले भन्नु भयो,नेपालीहरुको महानचाड विजयादशी तथा शुभ दिपावली र छठ पर्व समेत सकिएकाले व्यापारको पनि खासै माचो नहुने भएकाले व्यापारीले पनि कहिले काँही परिवार संघ रङ्ग रमाईलो आफ्ना आफ्न्त भेटघाटका लागि समय पनि पाउने भएकाले बन्द कहिले काँही आवश्यक भएको कुरा बताउनु भयो ।

Facebook Comments Box
सङ्घर्ष, समर्पण र जिम्मेवारीको पर्याय: केदार काफ्लेको निष्ठापूर्ण राजनीतिक यात्रा
३ हप्ता अगाडि

राजनीति निष्ठा, निरन्तरता र जनताप्रतिको अगाध समर्पणको परीक्षा हो। त्यही परीक्षामा चार दशकभन्दा बढी समयदेखि खरो उत्रिँदै आउनुभएका एक निर्भीक,…

TOP