गल्याङमा अदुवा प्रशोधन केन्द्र निर्माणको प्रक्रिया सुरु
गल्याङ् : स्याङ्जाको गल्याङ नगरपालिकामा अदुवा प्रशोधन केन्द्र निर्माणको प्रक्रिया सुरु भएको छ ।
प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना मसलाबाली जोन अन्तर्गत छनौटमा परेको गल्याङ नगरपालिकामा अदुवा प्रशोधन केन्द्र निर्माण गर्न प्रक्रिया सुरु गरिएको हो ।
गल्याङ नगरपालिका वडा नम्बर ३ वल्पुकमा अदुवा प्रशोधन केन्द्र निर्माणको काम गर्न जग्गाको छनौट गरिएको छ ।
सोमबार गल्याङ नगरपालिका प्रमुख भुपराज अधिकारी, प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना कार्यन्वयन इकाई स्याङ्जाका प्रमुख माधव लम्साल लगायतले जग्गाको निरिक्षण गर्नुभएको हो ।
भिडियाे : वालिङमा जनस्वास्थ्य विपदको घोषणा, एक हप्ताकाे बन्दमा के गर्न पाईन्छ के गर्न पाईदैन : नगरप्रमुख खाँण
निरिक्षणका क्रममा अदुवाको गोदाम सहित प्रशोधनको कार्य गर्नका लागि आवश्यक सम्पूर्ण पूर्वाधार निर्माण गर्ने तय भएको छ ।
यसका लागि आवश्यक बजेटको प्रबन्ध गरी तत्काल काम अगाडि बढाउने निर्णय भएको नगरप्रमुख भुपराज अधिकारीले बताउनुभयो ।
उहाँले भन्नुभयो –‘किसानले उत्पादन गरेको अदुवालाई गल्याङमा नै प्रशोधन गर्ने व्यवस्था मिलाउनका लागि केन्द्र स्थापना गर्न लागिएको हो ।’
नगरप्रमुख अधिकारीले गल्याङ नगरवासी अदुवा उत्पादनमा उत्साहित बन्दै गएको भन्दै उत्पादित बस्तुको बजारको ग्यारेण्टी नगरपालिकाले लिने बताउनुभयो ।
स्याङ्जाका ११ वटा पालिका मध्ये गल्याङ नगरपालिका मात्रै मसलाबाली जोनमा छनौट भई कार्यान्वयनको चरणमा रहेको छ ।
याे पनि : फेसबुक मार्फत स्याङजाकी महिलालाई १० लाख ठगे बाजुराका पाण्डेले ।
.

समाचार
थप सामाग्री-
स्याङ्जाको गल्याङमा जिप दुर्घटना: २ को मृत्यु, १७ घाइते (मृतक र घाइतेको नामावलीसहित)
-
स्याङ्जाको गल्याङमा जिप दुर्घटना: २ जनाको मृत्यु, १० घाइते
-
वडा कार्यालयमा युवाहरुले लगाए ताला,बजेट विनियोजनमा मनपरी भएको आरोप
-
प्राध्यापक गौतमको दु:खद निधन: शैक्षिक क्षेत्र स्तब्ध, सोमबार शोक बिदा
-
सहप्राध्यापक डा. प्रकाश तिवारीको ‘शब्दशास्त्रविज्ञानम्’ ग्रन्थ लोकार्पण
स्याङ्जामा बाढीले मोटरसाईकल सहित दुई जनालाई बगायो एक बेपत्ता एकको उद्धार ।
२ हप्ता अगाडि
स्याङ्जा : अविरल वर्षाका कारण बढेको खोलाले मोटरसाइकलसहित दुई जनालाई बगाएको छ। स्याङ्जाको पुतलीबजार नगरपालिका–१ स्थित अरौँदी खोलाले मोटरसाइकल र…


