फेसबुक मार्फत स्याङजाकी महिलालाई १० लाख ठगे बाजुराका पाण्डेले ।
स्याङजा :
स्याङ्जाकी एक महिलालाई सामाजिक सञ्जाल फेसवुक मार्फत दश लाख भन्दा धेरै ठगी गरेको आरोपमा बाजुराका एक युवा पक्राउ परेकाछन् ।
प्रहरीले बाजुराको हिमाली गाँउपालिका वडा नम्वर ४ का २७ बर्षीय रुपचन्द्र पाण्डेलाई बाँकेको नेपालगन्जबाट पक्राउ गरेको हो ।
पाण्डेले स्याङजाकी एक महिलालाई आँफू ब्राजिलमा रहेको र परिवारका सदस्य गम्भिर बिरामी परेको भन्दै बिश्वास दिलाई १० लाख २८ हजार ७ सय ठगी गरेको स्याङजाका प्रहरी प्रबक्ता राजेन्द्र प्रसाद अधिकारीले जानकारी दिनुभयो ।
पक्राउ परेका पाण्डेलाई जिल्ला अदालत स्याङजाबाट म्याद थप गराई अनुसन्धान शुरु गरिएको प्रबक्ता अधिकारीले बताउनु भयो । पाण्डे बिरुद्ध आपराधिक विश्वासघात तथा आपराधिक लाभ सम्बन्धी मुद्धा दर्ता गरिएको प्रहरीको भनाई छ ।
भिडियाे : वालिङमा जनस्वास्थ्य विपदको घोषणा, एक हप्ताकाे बन्दमा के गर्न पाईन्छ के गर्न पाईदैन : नगरप्रमुख खाँण
समाचार
थप सामाग्री-
आँधीखोलामा नुहाउने क्रममा बेपत्ता भएकी महिला मृत अवस्थामा फेला ।
-
स्याङ्जा :अचेत भेटिएकी महिलाको मृत्यु
-
पोखरामा ट्रकको ठक्करबाट स्याङ्जा का २५ वर्षीय युवाको मृत्यु
-
२५ वर्षदेखि छाङछाङदी मन्दिरमा बस्दै आएका ५५ वर्षीय साधु मृत भेटिए
-
स्याङ्जाको आँधीखोलामा भेटिएको शव वालिङ–११ का प्रेमबहादुर थापाको भएको पुष्टि
संकटमा मानवताको सहारा: बाढी-पीडितको लागि पतन्जलीको २ करोड ११ लाख
३ हप्ता अगाडि
काठमाडौँ : प्रकृतिले विनाशको लीला रचाउँदा हजारौँ नेपालीको ओठको मुस्कान खोसिएको छ, घर-आँगन भत्किएका छन्। तर, यही महाविपत्तिको अँध्यारोमा करुणा…


