गल्याङ नगरपालिका कार्यपालिका सदस्य विकको निधन,शोकमा बुधबार सार्बजनिक विदा ।
गल्याङ :
स्याङजाको गल्याङ नगरपालिकाका नगर कार्यपालिका सदस्य तथा वडा नम्बर १० का वडा सदस्य हिमलाल वि.क. को निधन भएको छ ।
सोमबार राती उपचारको क्रममा विकको निधन भएको हो । मंगलबार विहान गल्याङमा भएको शोक सभामा गल्याङ नगरपालिका प्रमुख भुपराज अधिकारीले कार्यपालिकामा रहेर विकले महत्वपूर्ण योगदान दिएको बताउनुभयो ।
उहाँले विकको निधनले गल्याङलाई अपुरणीय क्षती पुगेको भन्दै सबै मिलेर वि.क.को सपनालाई साकार पार्नुपर्नेमा जोड दिनुभयो ।
कार्यक्रममा नगर उपप्रमुख देविसरा थापा, वडा नम्बर एकका अध्यक्ष गणेश बस्याल, वडा नम्बर तीनका अध्यक्ष महेश भट्टराई, वडा नम्बर सातका अध्यक्ष रामविर गुरुङ, वडा नम्बर दशका अध्यक्ष ध्रब शर्मा पङ्गेनी, नेपाल कम्युनिष्ट पार्टी नेकपा गल्याङ नगर कमिटि कार्यालय प्रमुख छविलाल भुषाल, गल्याङ उद्योग वाणिज्य संघका महासचिव कृष्ण भट्टराई लगायतको सहभागिता रहेको थियो ।
यसैवीच, कार्यपालिका सदस्य विकको निधनप्रति शोक मनाउन गल्याङ नगरपालिकाले बुधबार सार्बजनिक विदा दिएको छ । नगर कार्यपालिकाको मंगलबार बसेको बैठकले विकप्रति श्रद्वाञ्जली प्रस्ताव पारित गर्दै बुधबार नगरपालिकामा सार्बजनिक विदा दिने निर्णय गरेको हो ।
मंगलबार नगरपालिका प्रमुख भुपराज अधिकारीले शोक विज्ञप्ति जारी गर्दै नगरको समग्र विकास प्रक्रियामा महत्वपूर्ण योगदान दिनुभएको उल्लेख गर्नुभएको छ ।
विज्ञप्तिमा नगरप्रमुख अधिकारीले वि.क.ले देखेका सपनाहरु पुरा गर्न नगरपालिका सधैं क्रियाशिल रहने प्रतिबद्वता व्यक्त गर्दै शोक सन्तप्त परिवारजनलाई धैर्यधारण गर्ने शक्ति भगवानले प्रदान गरुन् भनी गहिरो समबेदना प्रकट गर्नुभएको छ ।
वि.सं. १९९० बैशाख एक गते गल्याङ नगरपालिका वडा नम्बर १० अर्झाङ्दीमा जन्मिनुभएका वि.क. का दुई छोरा र छ छोरी रहेका छन् ।
.
समाचार
थप सामाग्रीवालिङ क्याम्पस,स्ववियुको आयोजनामा तीज बिशेष कार्यक्रम सम्पन्न ।
३ दिन अगाडि
वालिङ : स्याङजाको वालिङमा रहेको वालिङ बहुमुखी क्याम्पस,स्वतन्त्र विद्यार्थी युनियनको आयोजनामा तीज बिशेष कार्यक्रम सम्पन्न भएको छ । क्याम्पसमा अध्ययनरत…