भेषजबिन्दु साहित्यिक पुरस्कार प्रा.डा. तिमल्सेनालाई।
वालिङ : भेषजराज साहित्य प्रतिष्ठानले वितरण गर्दै आएको भेषजविन्दु साहित्यिक पुरस्कार प्रा.डा.पशुपति तिमिल्सेनालाई दिने निर्णय गरेको छ । २०७४ सालदेखि प्रदान गर्दै आएको भेषजविन्दु साहित्यिक पुरस्कार प्रदान गर्नका लागि प्रा.डा. रविलाल अधिकारीको संयोजकत्वमा प्रतिष्ठानका संस्थापक सल्लाहकारहरु कवि मित्रलाल पंज्ञानी र महाकाव्यकार माधव वियोगी सदस्य रहेको तीन सदस्यीय प्रतिभा छनोट समिति गठन गरिएको थियो । सो समितिले प्रतिभा प्रा. डा. तिमल्सेनालाई यस वर्षको भेषजबिन्दु साहित्यिक पुरस्कार प्रदान गर्ने निर्णय गरेको हो । उक्त पुरस्कार आगामी मङ्सिर ६ गते शनिबारका दिन प्रतिष्ठानका नायक स्व.भेषजराज शर्माको जन्मजयन्तीको अवसर पारेर प्रदान गर्ने भएको छ । पुरस्कारको राशी १० हजार नगद, दोसल्ला र प्रमाणपत्र रहेको आयोजकले जनाएको छ । प्रतिष्ठानले यस अघि २०७४ मा केदार शर्मा ढकाललाई २०७५मा देवेन्द्र लम्साललाई र २०७६मा मित्रलाल पंज्ञानीलाई उक्त पुरस्कारद्वारा पुरस्कृत गरिसकेको छ । प्रतिष्ठानले भेषजराज साहित्य सम्मान पनि प्रदान गर्दै आएको छ । यस अघि २०७४ सालमा पीताम्बर नेपाली र देवीप्रसाद वनवासीलाई २०७५ मा सूर्य डुम्रेलाई र २०७६ सालमा चिन्तु गिरीलाई प्रदान गएिको उक्त सम्मान यस पटक डा. श्यामप्रसाद न्यौपानेलाई प्रदान गर्ने निर्णय गरेको छ ।
यसै गरी स्याङ्जाको वालिङमा शनिबार भेषजराज साहित्य प्रतिष्ठानले रचना वाचनको ३० औँ शृङ्खला एक साहित्यिक कार्यक्रमका साथ सम्पन्न गरेको छ । भेषजराज साहित्य प्रतिष्ठानको आयोजनामा सञ्चालन गरिएको उक्त कार्यक्रममा आमन्त्रित व्यक्तित्व कवयित्री दमकला बगालेले मैले ६५ वर्षको उमेरमा क,ख सिकेर आज पढ्न,लेख्न र कविता सृजना गर्न सक्ने भएको छु भन्दै सबैलाई अध्ययन र सृजनातर्फ लाग्न आग्रह गरेकी छन् । कार्यक्रममा वैकल्पिक बाटो पृथक पाइला २०७६ स्याङ्जाका अभियन्ता मिलन समीरले साहित्य आफ्नै गाउँघरको परिवेशको सरल र सहज खालको हुनुपर्ने बताए । कार्यक्रममा श्रवण कुमार प्रतिष्ठानका अध्यक्ष सीताराम अधिकारी, कविहरु खुमकान्त अर्याल, नारायणप्रसाद रेग्मी, किशोर पाठक, विष्णु पंगेनी, सागर काफ्ले, प्रमोद काफ्ले लगायत दुई दर्जन स्रटाहरुले आआफ्ना रचना प्रस्तुत गरेका थिए । भेषजराज साहित्य प्रतिष्ठानका अध्यक्ष यमकान्त खनालको अध्यक्षतामा सम्पन्न उक्त कार्यक्रमको सञ्चालन प्रतिष्ठानका सचिव श्यामप्रसाद ढुङ्गानाले र स्वागत उपाध्यक्ष विष्णुप्रसाद अर्यालले गरेका थिए ।
समाचार
थप सामाग्री-
स्याङ्जाको गल्याङमा जिप दुर्घटना: २ को मृत्यु, १७ घाइते (मृतक र घाइतेको नामावलीसहित)
-
स्याङ्जाको गल्याङमा जिप दुर्घटना: २ जनाको मृत्यु, १० घाइते
-
वडा कार्यालयमा युवाहरुले लगाए ताला,बजेट विनियोजनमा मनपरी भएको आरोप
-
प्राध्यापक गौतमको दु:खद निधन: शैक्षिक क्षेत्र स्तब्ध, सोमबार शोक बिदा
-
सहप्राध्यापक डा. प्रकाश तिवारीको ‘शब्दशास्त्रविज्ञानम्’ ग्रन्थ लोकार्पण
स्याङ्जामा बाढीले मोटरसाईकल सहित दुई जनालाई बगायो एक बेपत्ता एकको उद्धार ।
२ हप्ता अगाडि
स्याङ्जा : अविरल वर्षाका कारण बढेको खोलाले मोटरसाइकलसहित दुई जनालाई बगाएको छ। स्याङ्जाको पुतलीबजार नगरपालिका–१ स्थित अरौँदी खोलाले मोटरसाइकल र…


