पुतलीबजार नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत ढकालको उपचारका क्रममा निधन ।
स्याङजा : पुतलीबजार नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत डोलराज ढकालको उपचारका क्रममा निधन भएको छ । भरतपुर स्थीत भक्तपुर क्यान्सर अस्पतामा उपचारका क्रममा अधिकृत ढकालको ५१ बर्षकाे उमेमा निधन भएकाे पुतलीबजार नगरपालिकाले जनाएकाे छ ।
नेपाल सरकारको खरिदार पदबाट सरकारी सेवामा प्रवेश गरेका ढकाल नायव सुब्बा र अधिकृत हुदै उपसचिव हुनु भएकाे थियाे । ढकाल डोरपाटन नगरपालिका बाग्लुङबाट पुतलीबजार नगरपालिकाको प्रमुख प्रशासकीय अधिकृतको रुपमा गएको माघमा स्याङजा आउनु भएकाे थियाे ।
ढकाल लामो समय देखी ब्लड क्यान्सर रोगबाट पिडीत रहेको परिवारले जनाएकाे छ । प्रशासकीय अधिकृत ढकालका एक श्रीमती सहित २ छोरा र २ छोरी रहेका छन् ।
यसैबीच अधिकृत ढकालकाे असामयीक निधन प्रति पुतलीबजार नगरपालिकाका प्रमुख सीमा कुमारी क्षेत्रीले दुःख व्यक्त गर्नु भएकाे छ । ढकालको ५१ बर्षको उमेरमा भएको असामयीक निधनले पुतलीबजार नगरपालिकालाई अपुरणीय क्षती पुगेको नगरप्रमुख क्षेत्रीले बताउनु भएको छ । उहाँले स्वर्गीय ढकालको आत्माको चीर शान्तीको कामना गर्दै शोकसन्तप्त परिवारजनमा समबेदना प्रकट गर्नु भएको छ ।
याे पनि : प्रमुख प्रशासकीय अधिकृत ढकालको निधनमा पुतलीबजार नगरपालिकामा आज बिदा ।
.



समाचार
थप सामाग्री-
नेपाली कांग्रेसको सभापतिमा गगनकुमार थापा निर्वाचित
-
कांग्रेसमा अमृत वोस्तीको उम्मेदवारी, प्रवासीको आवाज केन्द्रमा पुर्याउने दाबी
-
केन्द्रीय सदस्यमा ढकालको उम्मेदवारी, उद्यमदेखि सामाजिक अभियानसम्मको अनुभवलाई कांग्रेसको नीतिमा जोड्ने लक्ष्य
-
‘अब कुनै पक्ष-विपक्ष छैन, हामी एउटै परिवार हौँ’: नवनिर्वाचित क्षत्रीय सभापति खनाल
-
व्यवसाय, समाजसेवा र राजनीतिलाई जोड्ने प्रयास : खुमा अर्यालको नयाँ अध्याय
सङ्घर्ष, समर्पण र जिम्मेवारीको पर्याय: केदार काफ्लेको निष्ठापूर्ण राजनीतिक यात्रा
३ हप्ता अगाडि
राजनीति निष्ठा, निरन्तरता र जनताप्रतिको अगाध समर्पणको परीक्षा हो। त्यही परीक्षामा चार दशकभन्दा बढी समयदेखि खरो उत्रिँदै आउनुभएका एक निर्भीक,…


