पुतलीबजार नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत ढकालको उपचारका क्रममा निधन ।
स्याङजा : पुतलीबजार नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत डोलराज ढकालको उपचारका क्रममा निधन भएको छ । भरतपुर स्थीत भक्तपुर क्यान्सर अस्पतामा उपचारका क्रममा अधिकृत ढकालको ५१ बर्षकाे उमेमा निधन भएकाे पुतलीबजार नगरपालिकाले जनाएकाे छ ।
नेपाल सरकारको खरिदार पदबाट सरकारी सेवामा प्रवेश गरेका ढकाल नायव सुब्बा र अधिकृत हुदै उपसचिव हुनु भएकाे थियाे । ढकाल डोरपाटन नगरपालिका बाग्लुङबाट पुतलीबजार नगरपालिकाको प्रमुख प्रशासकीय अधिकृतको रुपमा गएको माघमा स्याङजा आउनु भएकाे थियाे ।
ढकाल लामो समय देखी ब्लड क्यान्सर रोगबाट पिडीत रहेको परिवारले जनाएकाे छ । प्रशासकीय अधिकृत ढकालका एक श्रीमती सहित २ छोरा र २ छोरी रहेका छन् ।
यसैबीच अधिकृत ढकालकाे असामयीक निधन प्रति पुतलीबजार नगरपालिकाका प्रमुख सीमा कुमारी क्षेत्रीले दुःख व्यक्त गर्नु भएकाे छ । ढकालको ५१ बर्षको उमेरमा भएको असामयीक निधनले पुतलीबजार नगरपालिकालाई अपुरणीय क्षती पुगेको नगरप्रमुख क्षेत्रीले बताउनु भएको छ । उहाँले स्वर्गीय ढकालको आत्माको चीर शान्तीको कामना गर्दै शोकसन्तप्त परिवारजनमा समबेदना प्रकट गर्नु भएको छ ।
याे पनि : प्रमुख प्रशासकीय अधिकृत ढकालको निधनमा पुतलीबजार नगरपालिकामा आज बिदा ।
.



समाचार
थप सामाग्री
शनिबार र आइतबार दुई दिन बिदा दिने सरकारको निर्णय
२ हप्ता अगाडि
काठमाडौँ : सरकारले शनिबार र आइतबार बिदा दिने निर्णय गरेको छ । आइतबार प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय सिंहदरबारमा बसेको मन्त्रिपरिषद्…


