दियालो संस्थाको बार्षिक समिक्षा कार्यक्रम सम्पन्न ।
वालिङ :
दियालो संस्थाको बार्षिक समिक्षा कार्यक्रम सम्पन्न भएको छ । दियालो संस्थाले सञ्चालन गर्दै आएका बिभिन्न परियोजनाका बारेमा समिक्षा गरिएको हो ।
कार्यक्रममा बोल्दै सुआहाराका गण्डकी प्रदेश प्रमुख याम जिसीले दियालोले सञ्चालन गरिरहेको कार्यक्रम निक्कै प्रभावकारी रहेको बताउनु भयो । उहाँले भन्नुभयो ‘दियालोसँग सहकार्य गरेर काम गर्न निक्कै सहज रहेको छ ।’
कार्यक्रममा बोल्दै दियालो संस्थाका अध्यक्ष कबिता तिवारीले बिभिन्न परियोजना मार्फत स्याङजा जिल्लाका ११ वटै पालिकामा बिभिन्न प्रकृतिका कार्यक्रम सञ्चालन गर्दै आएको बताउनु भयो । उहाँले भन्नुभयो, ‘११ वटै पालिकामा सञ्चालन भई रहेका बिभिन्न परियोजाहरुको प्रगती उपलव्धीमूलक रहेको बताउनु भयो ।’
अध्यक्ष तिवारीले कार्याक्रम कार्यान्वयनलाई अझै प्रभावकारी बनाउदै लगिने प्रतिबद्धता व्यक्त गर्नु भयो ।
.

कार्यक्रममा युएसएआईडीको सहयोगमा सञ्चालित सुआहाराका कार्यक्रम प्रमुख ओमसुव गुरुङले सुआहारा दोस्रोका बिभिन्न कार्यक्रमको प्रगती र अवस्थाका बारेमा जानकारी गराउनु भएको थियो त्यस्तै युएनडिपी तथा वालिङ नगरपालिकाको साझेदारीमा सञ्चालित ‘कोभिड १९ उद्धार र सामाजिक, आर्थिक प्रतिकार्य परियोजना’ का प्रमुख राधाकृष्ण डुम्रेले उक्त कार्यक्रमका प्रगती तथा कार्यान्वयनको अवस्थाका बारेमा जानकारी गराउनु भएको थियो । दियालो संस्थाका बित्तिय तथा प्रशासन अधिकृतहरु सबिना कर्माचार्य र शुसिला अर्यालले आर्थिक अवस्था तथा बजेटका बारेमा जानकारी गराउनु भएको थियो ।

समिक्षा कार्यक्रममा दियालो संस्थाका उपाध्यक्ष बिष्णु सुवेदी,सचिव सीता गौडेल ,सहसचिव सीता गैह्रे,कोषाध्यक्ष सीता डुम्रे र सदस्य चण्डिका साप्कोटा लगायतले आ-आफ्नो भनाई राखेका थिए ।
२०६५ सालमा स्थापना भएको दियालो संस्थालो युएनडिपी,युएसएआईडी,एचकेआई, केयर नेपाल लगायतका अन्तराष्ट्रिय संघसंस्था तथा नेपाल सरकार लगायतसँग मिलेर काम गर्दै आएको छ ।
.

समाचार
थप सामाग्री-
नेपाली कांग्रेसको सभापतिमा गगनकुमार थापा निर्वाचित
-
कांग्रेसमा अमृत वोस्तीको उम्मेदवारी, प्रवासीको आवाज केन्द्रमा पुर्याउने दाबी
-
केन्द्रीय सदस्यमा ढकालको उम्मेदवारी, उद्यमदेखि सामाजिक अभियानसम्मको अनुभवलाई कांग्रेसको नीतिमा जोड्ने लक्ष्य
-
‘अब कुनै पक्ष-विपक्ष छैन, हामी एउटै परिवार हौँ’: नवनिर्वाचित क्षत्रीय सभापति खनाल
-
व्यवसाय, समाजसेवा र राजनीतिलाई जोड्ने प्रयास : खुमा अर्यालको नयाँ अध्याय
सङ्घर्ष, समर्पण र जिम्मेवारीको पर्याय: केदार काफ्लेको निष्ठापूर्ण राजनीतिक यात्रा
३ हप्ता अगाडि
राजनीति निष्ठा, निरन्तरता र जनताप्रतिको अगाध समर्पणको परीक्षा हो। त्यही परीक्षामा चार दशकभन्दा बढी समयदेखि खरो उत्रिँदै आउनुभएका एक निर्भीक,…


