पत्रकार आचारसंहिता र कोभिडले मिडियामा पारेको प्रभाव विषयक अन्तरक्रिया ।

FNJ Syangja _Press Councel

कला राना/स्याङ्जा :

स्याङ्जाको वालिङमा पत्रकार आचारसंहिता र कोभिडले मिडियामा पारेको प्रभाव विषयक अन्तरक्रिया सम्पन्न भएको छ । नेपाल पत्रकार महासंघ स्याङ्जाको संयोजन र प्रेस काउन्सील नेपालको आयोजनामा अन्तरक्रिया गरिएको हो । जिल्लाका क्रियाशिल पत्रकारहरुको सहभागिता रहेको अन्तरक्रियामा पत्रकारहरुले आ–आफ्ना जिज्ञासा तथा गुनासाहरु व्यक्त गरेका थिए ।

कोभिड १९ सक्रमणको जोखिमका बाबजुत पनि पत्रकारले अग्र भागमा खटेर काम गरिरहेको बताउंदै न्युनतम पारिश्रामिकको कार्यान्वयन नहुंनु र नियमित पारिश्रामिक नपाउनु, नियुक्ति पत्र नपाउनु, वषौंसम्म पनि स्टिन्जरमै सिमित हुंनुलगायतका कारण व्यवसायिक पत्रकार फष्टाउन नसकेको बताएका थिए । संचारमाध्यम वर्गीकरण हुनुपर्ने भन्दै दुर्गम र सुगम स्थानका संचार माध्यमलाई दिईने लोककल्याणकारी विज्ञापन समान भएको भन्दै दुर्गम तथा भौगोलिक विकटताकालाई प्राथामिकतामा राख्नुपर्ने समेत बताएका थिए ।

.

प्रेस काउन्सीलका सदस्य दुर्गा भण्डारी : तस्वीर -ताेलाकान्त बगाले

कार्यक्रममा वालिङका नगरप्रमुख दिलिपप्रताप खांणले पत्रकाररिता राज्यको चौंथो अंग भएको भन्दै पत्रकारिता स्वच्छ र पुर्ण स्वतन्त्र हुनुपर्ने बताउनुभयो । साथै प्रमुख खांणले पत्रकारिता विकासका लागी आवश्यक फण्ड समेत संस्थागत रुपमा उपलब्ध गराउन तयार रहेको बताउनुभयो । पत्रकारले सिंगो देशलाई परिर्वतन गर्न सक्ने भन्दै सत्य तथ्य सामाचार सम्प्रेसरण गर्नुपर्ने भन्दै बढ्दो सूचना र प्रविधिलाई ध्यानमा राख्दै पत्रकारिता निति नियम बनाउन आवश्यक रहेको बताउनुभयो ।

.

वालिङका उपप्रमुख कल्पना तिवारी,तस्वीर -ताेलाकान्त बगाले

कार्यक्रममा उपप्रमुख कल्पना तिवारीले भन्नुभयो, ‘पत्रकारिता राज्यको आंखा हो । जनतालाई सुसुचित गराउने कार्य पत्रकारिताले गरेको छ । पत्रकारिता पेशा महत्वपुर्ण दायित्व हो ।’

पत्रकारिता ऐन नियमभित्र रहेर काम गर्नुपर्ने भन्दै खल्ती सच्याएर अगाडि बढ्नुपर्ने उपप्रमुख तिवारीको भनाई छ । स्थानीय तहमा रहेका विज्ञापन वितरणमा समानता हुंने भन्दै उपप्रमुख तिवारीले स्थानीय सरकार कुनै आग्रह पुर्वाग्रह रहित रहेको बताउनुभयो ।

कार्यक्रममा प्रेस काउन्सीलका केन्द्रिय सदस्य दुर्गा भण्डारीले प्रतिवेदन प्रस्तुत गर्दै पत्रकारका जिज्ञासाको सम्बोधन गर्नुभएको थियो । त्यस्तै काउन्सीलका वरिष्ठ प्रशासन सहायक महेन्द्र सिंह धामीले पत्रकारिता स्वतन्त्रताका लागी कान्सील आएको भन्दै आचारसंहितामा रहेर काम गर्न आग्रह गर्नुभयो ।

.

पत्रकार महासंघ स्याङ्जाका अध्यक्ष ओमप्रकाश शर्मा

कार्यक्रममा नेपाल पत्रकार महासंघ स्याङ्जाका अध्यक्ष ओमप्रकाश शर्मालले विभिन्न दृष्टिबाट स्याङ्जा अग्रपंक्तिमा रहेपनि पत्रकारको दिगो विकास हुन नसकेको भन्दै जसका कारण पत्रकार पलायन हुन थालेको बताउनुभयो । जिल्लामा विभिन्न २४ ओटा पत्रिका दर्ता भएपनि आल ४ पत्रिका मात्रै सञ्चालनमा रहेको र ४ रेडियो, ३ स्थानीय टिभि, एकदर्जन अनलाईन सञ्चालनमा रहेको बताउनुभयो । पत्रकारको पेशागत दक्षता अभिवृद्धि गर्न र पत्रकारलाई आवश्यक पर्ने प्रविधि, शिक्ष्ाँ, स्वास्थ्य बिमाका लागी समेत ध्यान दिनुपर्ने बताउनुभयो ।

कार्यक्रम पत्रकार महासंघ स्याङ्जाका अध्यक्ष ओमप्रकाश शर्माको अध्यक्षतामा सम्पन्न भएको थियो भने स्वागत उपाध्यक्ष भवानी अधिकारी र सञ्चालन सचिव शुसिल सुवेदीले गर्नुभएको थियो ।

.

Facebook Comments Box
TOP