स्याङ्जामा आज थपिए ६ जना कोरोना संक्रमित ।

corona update

स्याङ्जा :

स्याङ्जामा आज थप ६ जना कोरोना भाइरसका संक्रमित थपिएका छन् । गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालय पोखराले जारी गरेको अध्यावधिक विवरण अनुसार आज कोरोना संक्रमणको पुष्टि हुनेहरुमा फेदिखोला गाउँपालिकाका २३ वर्षका पुरुष , पुतलीबजार नगरपालिका वडा नम्बर ४ का २९ वर्षिय पुरुष , आँधिखोला गाउँपालिका वडा नम्बर १ का ६१ र ४६ वर्षका पुरुष र भिरकोट नगरपालिका वडा नम्बर २ का ४० वर्षको पुरुष रहेका छन् । यसैगरी एक जना ५८ वर्षीया संक्रमित महिलाको भने पालिका खुलेको छैन।

आज थपिएका सहित स्याङ्जामा कुल संक्रमितको सङ्ख्या ६ सय ९० जना पुगेको छ भने ६ सय १३ जना कोरोना संक्रमणबाट मुक्त भएका छन् । कोरोना संक्रमणका कारण स्याङ्जामा मृत्यु हुनेको सङ्ख्या ११ जना रहेको छ।

Facebook Comments Box
सङ्घर्ष, समर्पण र जिम्मेवारीको पर्याय: केदार काफ्लेको निष्ठापूर्ण राजनीतिक यात्रा
२ हप्ता अगाडि

राजनीति निष्ठा, निरन्तरता र जनताप्रतिको अगाध समर्पणको परीक्षा हो। त्यही परीक्षामा चार दशकभन्दा बढी समयदेखि खरो उत्रिँदै आउनुभएका एक निर्भीक,…

TOP