गण्डकी प्रदेशमा संक्रमित १० हजार नाघे, आज थपिए एक सय ७५ जना संक्रमित ।
स्याङ्जा : गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या १० हजार नाघेको छ । प्रदेशमा शुक्रबार १ सय ७२ संक्रमित थपिएसँगै संक्रमित संख्या १० हजार ७५ पुगेको छ ।
कोरोना पुष्टि हुनेमा सबैभन्दा धेरै कास्कीका १ सय ७ जना छन्, गोरखामा ३५, तनहुँ र स्याङ्जामा ८, नवलपुरमा ७, पर्वतमा ५, बागलुङ र लमजुङमा १/१ संक्रमित थपिएको प्रदेश स्वास्थ्य निर्देशक विनोदविन्दु शर्माले जानकारी दिनुभयाे ।
गण्डकीका कुल संक्रमितमध्ये ४ हजार ९ सय ९९ जना निको भएका छन् । १ सय १८ जनाको मृत्यु भएको छ ।
कोरोनाबाट मृत्यु हुनेमा कास्कीका ५५, नवलपुरका १९, तनहुँका १५, स्याङ्जाका १०, गोरखाका ८, बागलुङका ८, म्याग्दीका २, पर्वत र लमजुङका १/१ जना छन् ।
समाचार
थप सामाग्री
शनिबार र आइतबार दुई दिन बिदा दिने सरकारको निर्णय
२ हप्ता अगाडि
काठमाडौँ : सरकारले शनिबार र आइतबार बिदा दिने निर्णय गरेको छ । आइतबार प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय सिंहदरबारमा बसेको मन्त्रिपरिषद्…


