गण्डकी प्रदेशमा संक्रमित १० हजार नाघे, आज थपिए एक सय ७५ जना संक्रमित ।
स्याङ्जा : गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या १० हजार नाघेको छ । प्रदेशमा शुक्रबार १ सय ७२ संक्रमित थपिएसँगै संक्रमित संख्या १० हजार ७५ पुगेको छ ।
कोरोना पुष्टि हुनेमा सबैभन्दा धेरै कास्कीका १ सय ७ जना छन्, गोरखामा ३५, तनहुँ र स्याङ्जामा ८, नवलपुरमा ७, पर्वतमा ५, बागलुङ र लमजुङमा १/१ संक्रमित थपिएको प्रदेश स्वास्थ्य निर्देशक विनोदविन्दु शर्माले जानकारी दिनुभयाे ।
गण्डकीका कुल संक्रमितमध्ये ४ हजार ९ सय ९९ जना निको भएका छन् । १ सय १८ जनाको मृत्यु भएको छ ।
कोरोनाबाट मृत्यु हुनेमा कास्कीका ५५, नवलपुरका १९, तनहुँका १५, स्याङ्जाका १०, गोरखाका ८, बागलुङका ८, म्याग्दीका २, पर्वत र लमजुङका १/१ जना छन् ।
समाचार
थप सामाग्री-
नेपाली कांग्रेसको सभापतिमा गगनकुमार थापा निर्वाचित
-
कांग्रेसमा अमृत वोस्तीको उम्मेदवारी, प्रवासीको आवाज केन्द्रमा पुर्याउने दाबी
-
केन्द्रीय सदस्यमा ढकालको उम्मेदवारी, उद्यमदेखि सामाजिक अभियानसम्मको अनुभवलाई कांग्रेसको नीतिमा जोड्ने लक्ष्य
-
‘अब कुनै पक्ष-विपक्ष छैन, हामी एउटै परिवार हौँ’: नवनिर्वाचित क्षत्रीय सभापति खनाल
-
व्यवसाय, समाजसेवा र राजनीतिलाई जोड्ने प्रयास : खुमा अर्यालको नयाँ अध्याय
सङ्घर्ष, समर्पण र जिम्मेवारीको पर्याय: केदार काफ्लेको निष्ठापूर्ण राजनीतिक यात्रा
२ हप्ता अगाडि
राजनीति निष्ठा, निरन्तरता र जनताप्रतिको अगाध समर्पणको परीक्षा हो। त्यही परीक्षामा चार दशकभन्दा बढी समयदेखि खरो उत्रिँदै आउनुभएका एक निर्भीक,…


