व्यवशायीमा कोरोना देखिएपछि गल्याङ नगरपालिकाको वडा नम्बर एक शिल

Galyang mun


गल्याङ : स्याङ्जाको गल्याङ नगरपालिका वडा नम्बर एक शिल गरिएको छ । कोरोना भाइरस (कोभिड १९) बाट सतर्कता अपनाउन वडा नम्बर एक शिल गरिएको हो ।
साविकको मालुङ्गा गाविस पर्ने यस ठाउँका एक व्यावसायीमा कोरोना संक्रमण देखिएपछि बजार सहित सबै कार्य बन्द गर्नु परेको वडा नम्बर एकका अध्यक्ष तथा गल्याङ नगरपालिकाका प्रबक्ता गणेश बस्यालले जानकारी दिनुभयो ।
दैनिक उपभोग्य वस्तुको सेवा दिने व्यवसाय सञ्चालन गरिरहेका व्यक्तिमा कोरोना संक्रमण देखिएको बुझिएको छ ।
उपचारका क्रममा पाल्पामा रहेको समयमा कोरोना भाइरसको परिक्षण गएिकोमा नतिजा पोजिटिभ देखिएको वडाध्यक्ष बस्यालले स्पष्ट पार्नुभयो ।
मालुङ्गा क्षेत्रमा मंसिर १२ गते शुक्रबार सम्मका लागि बजार सहित शैक्षिक संस्था सहितका सबै कार्यालय समेत बन्द गरिएको उहाँको भनाई छ ।
पाल्पामा परिक्षणको क्रममा कोरोना देखिएको पुष्टी गर्दै गल्याङ नगरपालिका स्वास्थ्य शाखाले मालुङ्गा क्षेत्रमा कन्ट्रयाक टे«सिङको काम गर्ने जनाएको छ ।
स्वास्थ्य शाखा प्रमुख पदम प्रसाद पाण्डेले कन्ट्रयाक्ट ट्रेसिङको कामलाई तिब्र गतिमा अगाडि बढाउने बताउनुभयो ।

भिडियाे : वालिङमा जनस्वास्थ्य विपदको घोषणा, एक हप्ताकाे बन्दमा के गर्न पाईन्छ के गर्न पाईदैन : नगरप्रमुख खाँण

Facebook Comments Box
TOP