कोरोनाले स्याङ्जामा एक पुरुषको मृत्यु ।

death

स्याङजा : कोराना भाइरस संक्रमणका कारण गल्याङ् नगरपालिकाका ५० वर्षीय पुरुषको आइतबार मृत्यु भएको छ। गल्याङ् वडा नं ७ पेलाकोटका ती पुरुषको उपचारको क्रममा मृत्यु भएको गण्डकी प्रदेश निर्देशक डा. विनोद विन्दु शर्माले जानकारी दिनुभयाे । 

आइतबार बिहान करिब ८ बजे लुम्बिनी मेडिकल कलेज पाल्पामा उनको मृत्यु भएको बताइएको छ। कात्तिक १८ मा कोरोना संक्रमण पुष्टि भएको उनमा अन्य रोगका समेत संक्रमण रहेको बताइएको छ। योसँगै स्याङ्जामा कोराना संक्रमणका कारण मृत्यु हुनेको संख्या १० पुगेको छ। 

.

Facebook Comments Box
TOP