प्रमुख प्रशासकीय अधिकृत भिमप्रसाद तिवारीलाई गल्याङ नगरपालिकामा स्वागत
गल्याङ : स्याङ्जाको गल्याङ नगरपालिकामा प्रमुख प्रशासकीय अधिकृत भिमप्रसाद तिवारीलाई स्वागत गरिएको छ ।
नगरपालिकामा सरुवा भई आउनुभएका प्रमुख प्रशासकीय अधिकृत तिवारीलाई सोमबार एक कार्यक्रम गरी स्वागत गरिएको हो ।
स्वागत कार्यक्रममा गल्याङ नगरपालिका प्रमुख भुपराज अधिकारीले अनुभवले खारिएको व्यक्ति गल्याङ नगरपालिकाले पाएको भन्दै यसको सबैले सदुपयोग गर्नुपर्ने बताउनुभयो ।
उहाँले सेवाग्राहीलाई उच्च स्तरको सेवा दिन कर्मचारीको नै प्रमुख हात हुने भन्दै अबको समयमा विशेष रुपमा जनताको काममा लाग्नुपर्ने बताउनुभयो ।
नगरप्रमुख अधिकारीले भन्नुभयो –‘अहिलेसम्म कोरोनाको कारणले केही समस्या झेल्नुपर्ने परिस्थिति बन्यो तर अब कोरोनाका बीचमा पनि सबै खालका गतिविधिहरु गर्नुपर्ने आवश्यकता छ ।’
उहाँले नगरपालिकामा आफ्नै डोजरले बाटो निर्माणको काम गरिरहेको भन्दै जिमुहा सहितका विभिन्न तीन ठाउँमा नमूना बस्ती बनाउने तयारी भएको बताउनभयो । उहाँले पर्यटन मैत्री बस्ती बनाउने गरी काम अगाडि बढेको स्पष्ट पार्नुभयो ।
नगरप्रमुख अधिकारीले नगरपालिकाको आफ्नै भवन बनाउने प्रक्रिया भएको, बसपार्क निर्माणको तयारी बनाउने तयारी भएको तथा कृषि क्षेत्रमा पनि नगरपालिकाले विशेष कामहरु गरिरहेको बताउनुभयो ।
.

उहाँले भन्नुभयो –‘भूगोलले जटिल भएपनि विकासका सम्भावनाहरु यहाँ धेरै छ र विचारले विकट नभएको ठाउँ गल्याङ हो ।’
कार्यक्रममा प्रमुख प्रशासकीय अधिकृत भिमप्रसाद तिवारीले कर्मचारीकै कारण जनमानसमा राम्रो या नराम्रो छाप पर्ने गरेको भन्दै कर्मचारी अनुसाशनमा बस्नुपर्ने बताउनुभयो ।
उहाँले भन्नुभयो –‘आफु सेवाग्राही भएर बाहिर जाँदा जस्तो व्यवहार खोजिन्छ, त्यस्तै व्यवहार हामीले सेवाग्राहीलाई गर्नुपर्छ ।’
उहाँले कर्मचारीले अनिवार्य रुपमा पोशाक तथा परिचयपत्र लगाउनुपर्ने बताउनुभयो ।
प्रमुख प्रशासकीय अधिकृत तिवारीले गल्याङ नगरपालिकामा कर्मचारीको अभूतपूर्व एकता रहेको र खराब कुरा नरहेको आफुले सुनेको बताउनुभयो ।
उहाँले जनप्रतिनिधिहरुले चाहेको कुरालाई विधि र प्रक्रिया अनुसार पुरा गर्नु कर्मचारीको दायित्व भएको बताउनुभयो ।
प्रमुख प्रशासकीय अधिकृत तिवारीले भन्नुभयो –‘कर्मचारी जनप्रतिनिधिको सहयोगी हो । सकेसम्म जनप्रतिनिधिका कामहरुलाई पुरा गर्नुपर्छ । त्यसो गरिएमा कहिल्यै पनि नेता र कर्मचारी बीच बिबाद आउँदैन ।’
गण्डकी प्रदेश सामाजिक विकास मन्त्रालयबाट सरुवा भई गल्याङ आउनुभएका तिवारीले यसअघि लमजुङको बेसिसहर नगरपालिकामा पनि प्रमुख प्रशासकीय अधिकृतको रुपमा कार्य गर्नुभएको थियो ।
समाचार
थप सामाग्री-
कांग्रेसका ढकाल र मल्लको सङ्कल्पपत्र :सिद्धार्थ राजमार्ग स्तरोन्नति देखि ‘कृषि हब’ निर्माणसम्मको प्रतिबद्धता
-
एकाबिहानै फेवातालमा कार खस्यो,स्याङ्जाका २४ बर्षीय युवाको मृत्यु ।
-
चलचित्र ‘गुरु आमा’ आगामी वैशाखमा प्रदर्शनमा आउने
-
नेपाल प्रेस युनियन स्याङ्जाका अध्यक्ष बगालेमाथि आक्रमणको धम्की
-
भव्यवताका साथ सकियो नवौँ वालिङ महोत्सव ।
लक्ष्मी माविमा शतप्रतिशत उत्तीर्ण गराउने शिक्षकहरू सम्मानित।
२ हप्ता अगाडि
वालिङ : स्याङ्जाको वालिङ नगरपालिका–१३, बोदीभञ्ज्याङस्थित लक्ष्मी माध्यमिक विद्यालयले सतप्रतिशत उत्र्तिण गराउने शिक्षकहरुलाई सम्मानित गरेको छ । ६२ औं वार्षिकोत्सव,…


