नेकपा स्याङजाका अध्यक्ष पारस गैह्रेलाइ पुत्री शाेक ।
स्याङजा :
नेकपा स्याङजाका अध्यक्ष सुर्य प्रसाद गैह्रे पारसकी छोरीको अरिङ्गालको टोकाइबाट ज्यान गएको छ ।
गैह्रेकी १३ बर्षिया छोरी अतिथिको सोमबार साँझ उपचारका क्रममा पोखरामा मृत्यु भएको हो । पुतलीबजार नगरपालीका–१४ स्थीत लामागेमा अरिगांलले टोक्दा उहाँ गम्भिर घाइते हुनु भएको थियो ।
सोमबार लामागेमा माथिल्लो घरबाट तल्लो घरमा भाईटिका लगाउन जादाँ नजिकैको रुखमा रहेका अरिङ्गांलले टोकाईबाट घाईते भए पछि उहाँलाई उपचारका लागि तत्कालै पोखरा लगिएको जिल्ला प्रहरी कार्यालय स्याङजाका प्रमुख,प्रहरी उपरिक्षक होबिन्द्र बोगटीले जानकारी दिनुभयो । अतिथि सँगै अर्की बालिका पनि घाईते भएकी र उनको अवस्था सामान्य रहेको उहाँले बताउनु भयो ।
उपचारका क्रममा निधन भएकी बालिका अतिथिको आज पोखरामा नै अन्तिम संस्कार गरिने परिवारले जनाएको प्रहरी प्रमुख बोगटीले जानकारी दिनुभयो ।
अध्यक्ष गैह्रेका श्रीमती र एक छोरा रहेकाछन् ।
.

(यो दुःखद खवरले आँधीखोला खबर टिम अत्यन्तै मर्माहत भएका छौं । स्वर्गीय अतिथि प्रति हार्दिक श्रद्धान्जली, शोकसन्तप्त परिवारजनमा हार्दिक समवेदना ! -आँधीखोला खबर टिम)
भिडियाे : मन्त्री पद्मा अर्यालले नै यस्तो भने पछि नेकपाको भबिश्यमा………………………
समाचार
थप सामाग्री
शैक्षिक सत्र वैशाख १५ गतेदेखि सुरु गर्ने सरकारको निर्णय
१ हप्ता अगाडि
काठमाडौँ : सरकारले आगामी शैक्षिक सत्र वैशाख १५ गतेदेखि सुरु गर्ने निर्णय गरेको छ । आइतबार बसेको मन्त्रिपरिषद् बैठकले आगामी…


