नेपाली कृषि विउविजनमा कोभिड-१९ को असर र त्यसको समाधान ।

Nawaraj paudel

नवराज रेग्मी :
गत वर्ष २०७६ चैत्रबाट देशले कोभिड-१९ को माहामारीका कारण अनेकौ समस्याहरु खेप्नु परिरहेको छ । कोभिड-१९ ले आर्थिक ,शैक्षिक ,सामाजिक एवम राष्ट्रका विभिन्न विकासका ठूला परियोजनाहरुमा धक्का पूर्याइ रहेको हुनाले यि क्षेत्रमा पनि धेरै क्षति पुगेको छ । कृषि क्षेत्र देशको आर्थिक मेरुदण्ड भएकाले यसको सोझो असर अर्थतन्त्रमा परेको देखिएको छ । नेपालमा कृषि एउटा पेशा मात्र नभएर मानिसको दैनिक जीवनी भएकाले कोभिड-१९ ले दिनरात नभनि खटिने नेपाली किसानलाई बिहान बेलुकी छाक टार्न पनि हम्मेहम्मे अवस्थामा पुर्याएको छ
कृषि क्षेत्र भनिए पछि कृषि विउविजन पर्याय नै हुन्छ । कृषि बिउबिजन कृषिको मेरुदण्ड भएकाले कृषि क्षेत्र सुदृढ गर्न विउविजन पनि प्रभावित भएको छ । यसै त कृषि विउविजनमा नेपाल आफैमा आत्मनिर्भर छैन त्यस माथि कोभिड—१९ का कारण विभिन्न उन्नत जातका गुणस्तरीय विउविजनहरु आयात हुन सकेको छैन । देशमा उत्पादित विउहरु आफैमा प्रयाप्त मात्रामा नहुँदा किसानहरु मारमा पर्दै आएकाछन् ।


नेपालीमा एउटा उखान नै रहेको छ ‘भिडभाडमा ज्यान जोगाउनू ,अनिकालमा विउ जोगाउनु’ पछिल्लो समयमा बिश्व भरी फैलिईरहेको कोभिड—१९ को माहामारीमा मानिसहरुले यसलाई सम्झीरहेका छन् । देशका कतिपय भागमा रैथाने जातका विउबिजन किसानले आफै सरक्षण गरेको पनि पाइन्छ ।

तर विडम्बना ,संरक्षण विधिको ज्ञान नभएर अधिकतम सरक्षण नपुग्ने समस्या देखिएको छ । जसका कारण किसान बजारमा पाइने बिउबिजनमा भर पर्न बाध्य छन । तर चैत्र देखि श्रावणको लकडाउनका कारण किसानले मुलतह धान र मकैको समयमै उच्च प्रतिफल दिने बिउ किन्न नपाउँदा कतिपय किसानको खेत जमिन बाझो छ त कतिमय किसानले कमसल रैथाने जातका निम्न प्रतिफल दिने बिउबिजन उपभोग गर्न बाध्य रहेकाछन् ।
लकडाउनको समयमा किसानहरुले बिउ तथा अन्न भण्डारका लागि कोल्ड स्टोरको समस्या खेप्नुका साथै बिउ तथा उत्पादित बस्तुहरु बजारमा सहज रुपमा बिक्री वितरण गन समेत पाएनन् । यसले गदा बिउ तथा अन्नको गुणस्तरमा ह्रास आउनुका साथै अर्को मौसममा लगाउने बालीमा समेत असर पुग्ने सम्भावना उच्च देखिएको छ । यसरी किसानको बिउ समयमै उद्योगमा नपुग्दा र उद्योगले पनि समयमै किसानको घरदैलोमा बिउ पुर्याउन नसक्दा किसान र उद्योग दुबैलाई नोक्सान भएको पाइन्छ ।


कोभिड-१९ का कारण देशमा कृषि सम्बन्धित विभिन्न विकृतिहरु पनि मौलाएको देखिन्छ । यहि मौका पारेर भारतीय सिमा नाकाबाट पनि लूकीछिपी पञ्जिकरण नभएका कमसल बिउबिजनहरु कम दरमा पाइने लोभले अवैध रुपमा देश भित्र्याउने घदनाहरु बढि रहेका छन ।

सरकारद्धारा पञ्जिकरण नभएका कमसल जातका बिउबिजनहरु फस्टाएको देखिन्छ । बिऊ उत्पादन गर्ने उद्योगहरु पहिला जसरी सञ्चालन हुन नसक्दा किसानले उत्पादन गरेको बिउ अन्न उद्योग सम्म नपुगेकाले बजारमा बिउको मात्रामा गिरावट आएको हुनाले बिउको मुल्यमा पनि मनपरि चलेको छ ।
विश्वको यस कठिन समयलाई बुझी विकसित देशको पाठ सिकी यस समस्यालाई देश एक सिक्ने अवसरका रुपमा लिएर यसको समाधान अहिले कोरनाका कारण स्वदेशिने क्रम बढेको देखिन्छ । ठुलो मात्रामा युवा जनशक्ति देशमै केहि गर्ने कृषि क्षेत्रमा लाग्ने उत्साहमा आएका छन । सरकारले उनिहरुको लागि वातावरण सहजता मिलाइदिए कोरना एक अवसर हुन सक्छ । सरोकारवाला निकाएहरुले बजार तथा सिमानाकामा भइ रहेको बिउबिजन सम्बन्धित अवैध क्रियाकलापको अनुगमन गरी दण्डित गर्नु पदर्छ । यसरी नै कृषि क्षेत्रलाई यस कठिन समयमा कुनै बन्देज नलगाउने किसानहरुको समस्या बुझि बिऊविजन उपलब्ध गराउने तथा रैथाने जातको बिउविजन सरक्षण गर्ने किसानसँग भएको बिउबिजन बिउ उत्पादन गर्ने उद्योगमा सहज रुपमा पुयाउने स्थानिय तहमा नै कोल्ड स्टोर स्थापना गर्नुका साथै उन्नत जातका बिउ किसान घरदैलोमा पुर्याउन सके निकटम भविष्यमा देशमा हुन सक्ने खाद्य संकटबाट मुक्ती पाउन कोभिड—१९ लाई एक अवसरका रुपमा हेरेर सबेै एकजुट हुन जरुरी छ ।
(हाल B.Sc.Ag. चौथो सेमेस्टर,त्रि.वि . कृषि तथा पशु विज्ञान अध्ययन संस्थान पक्लिहवा)

Facebook Comments Box
TOP