सबलपोष्टका प्रधान सम्पादक अमृत पाण्डेय जि पी के फाउण्डेशन अमेरिकाबाट सम्मानित ।
स्याङजा : सबल नेपाल मिडिया प्रालीद्धारा संचालित सबल नेपाल साप्ताहिक तथा सबलपोष्ट डिजिटल पत्रिकाका प्रधान सम्पादक अमृत पाण्डेयलाई जि पी कोइराला फाउण्डेशन अमेरिकाले सम्मान गरेको छ । कोरोना भाइरसको महामारीका बेला प्रवासमा रहेका नेपालीहरुको समस्या र मुद्दाहरुमा सक्रियतापूर्वक कलम चलाए वापत फाउण्डेशनले पाण्डेय सहित विश्वका विभिन्न देशमा क्रियाशिल नेपाली पत्रकारहरु अजयबाबु शिवाकोटी, मिना शर्मा, अंकुर लुइंटेल, केपी भट्ट लगायतलाई सम्मान गरिएको फाउण्डेशन अमेरिकाका संयोजक सोमनाथ घिमिरेले जानकारी दिनुभयाे ।
पत्रकार पाण्डेय २०६२ सालबाट निहाल साहित्यिक पत्रिका मार्फत पत्रकारिता सुरु गर्नु भएकाे थियेा । उहाँले रेडियो नमस्ते, नेपाल वान टेलिभिजन, खस्यौली एफएम लगायतमा काम गरिसक्नु भएकाे छ । उहाँले कोरोना महामारी सुरु भएपछि विश्वभरिका नेपालीहरुसंग कोरोना भाइरस न्युनिकरण कसरी गर्न सकिन्छ र कसरी सुरक्षित रहन सकिन्छ भन्ने विषयमा विज्ञ तथा विभिन्न देशमा रहेका संघसंस्थाका प्रतिनिधीहरुसंग निरन्तर बहस कार्यक्रम संचालन गर्दै आइरहेका छन् । साथै जि पि के फाउण्डेशन अमेरिकाले संचालन गरिरहेको विदेशबाट बशस कार्यक्रमको नेपाल संयोजक रहेर समेत काम गरिरहेका छन् ।
समाचार
थप सामाग्री-
स्याङ्जा : स्कुटर दुर्घटनामा एकको मृत्यु
-
नेपाली कांग्रेसको सभापतिमा गगनकुमार थापा निर्वाचित
-
कांग्रेसमा अमृत वोस्तीको उम्मेदवारी, प्रवासीको आवाज केन्द्रमा पुर्याउने दाबी
-
केन्द्रीय सदस्यमा ढकालको उम्मेदवारी, उद्यमदेखि सामाजिक अभियानसम्मको अनुभवलाई कांग्रेसको नीतिमा जोड्ने लक्ष्य
-
‘अब कुनै पक्ष-विपक्ष छैन, हामी एउटै परिवार हौँ’: नवनिर्वाचित क्षत्रीय सभापति खनाल
व्यवसाय, समाजसेवा र राजनीतिलाई जोड्ने प्रयास : खुमा अर्यालको नयाँ अध्याय
३ हप्ता अगाडि
काठमाडौं मेडिकल व्यवसायी तथा समाजसेवी खुमा प्रसाद अर्यालले नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा केन्द्रीय सदस्य पदमा उम्मेदवारी दिने घोषणा गर्नुभएको छ…


