पहिरोमा परेर ज्यान गुमाएकाको परिवारलाई सहयोग ।

तोलाकान्त बगाले/वालिङ :
गत असोज ८ गते वालिङ १४ तमादीमा पहिरोमा पुरिएर मृत्यु भएकाको परिवारलाई आर्थिक सहयोग गरिएको छ ।
वैदेशिक रोजगारीको शिलशिलामा जर्मनीको मुनस्टेरमा बस्ने नेपालीहरुको सहयोगमा उपलब्ध गराईएको रकम वालिङ नगरपालिकामार्फत पीडित परिवारलाई बिहीबार उपलब्ध गराईएको हो ।
जर्मनीको मुनस्टेरमा बस्दै आउनुभएका गंगाप्रसाद डुम्रे आकाशको पहलमा संकलन गरिएको रु. ६५ हजार ४१७ पहिरोमा परी परिवार गुमाएकी मनिसा नेपालीलाई नगरपालिका कार्यालयमा हस्तान्तरण गरिएको हो ।
जन्मभूमिमा भएको घटनाप्रति दुःख ब्यक्त गर्दै पीडामा परेको परिवारलाई आर्थिकरुपमा सहयोग गर्नुभएकोमा संकलनकर्ता डुम्रेसहित सम्पूर्णमा नगर प्रमुख दिलीपप्रताप खाँणले धन्यवाद ज्ञापन गर्नुभएको छ ।
नगरपालिकाले परिवारसहित घरबासै उठेको भोजराज, मनिसा नेपाली र पहिरोका कारण विस्थापित बनेका नागरिकहरुको उचित ब्यवस्थापनको तयारीमा लागिपरेको नगर प्रमुख खाँणले बताउनुभयो ।
हस्तान्तरण कार्यक्रममा नगर उपप्रमुख कल्पना तिवारी, प्रमुख प्रशासकीय अधिकृत जीवन ज्ञवालीले पहिरोमा परी जनधनको क्षति पु¥याएको परिवारलाई आर्थिकरुपमा सहयोग उपलब्ध गराएकोमा धन्यवाद ज्ञापन गर्नुभएको थियो ।
विदेशी भूमिमा संकलन गरिएको रकमले पहिरोमा परी परिवारका सदस्यसहित घरबास गुमाएकाको परिवारको पीडामा थोरै भएपनि राहत होस् भन्ने उद्देश्यले रकम संकलन गरी हस्तान्तरण गरिएको संकलनकर्ता डुम्रेले बताउनुभयो । यसअघि बुधबार विदेशमा रहेका विभिन्न संघसंस्थाले वालिङ १४ तमादी, वालिङ ११ पेखु र कालीगण्डकी ४ विर्घामा पहिरोमा परी ज्यान गुमाएकाको परिवार, विस्थापित परिवारलाई आठ लाख ३२ हजार ८२७ नगरपालिकामार्फत पीडित परिवारलाई उपलब्ध गराईएको थियो ।
समाचार
थप सामाग्री-
गण्डकी कोटिहोम महायज्ञको स्थान परिवर्तन, अब पोखरा-१७ बिरौटामा सञ्चालन हुने
-
वालिङ बैंकर्स क्लबले वित्तीय साक्षरता बढाउन गर्यो प्रभातफेरी
-
स्याङ्जाका पत्रकार सुवेदी ‘नेशनल हेल्थ अवार्ड’ बाट सम्मानित
-
वालिङ क्याम्पसको स्ववियुमा निर्वाचित टोली सम्मानित ।
-
गरिमा विकास वैकद्वारा वालिङ क्याम्पसमा वित्तीय साक्षरता कक्षा

हुम कुमारी मल्लको पुण्य तिथिमा सहयोग सामग्री हस्तान्तरण
१ हप्ता अगाडि
स्याङ्जा : समाजसेवी क्या. चित्र बहादुर मल्लले आफ्नी धर्मपत्नी स्व. हुम कुमारी मल्लको ४५ दिनकाे पुण्य तिथिको अवसरमा अपांगता भएका…