पहिरोमा परेर ज्यान गुमाएकाको परिवारलाई सहयोग ।
तोलाकान्त बगाले/वालिङ :
गत असोज ८ गते वालिङ १४ तमादीमा पहिरोमा पुरिएर मृत्यु भएकाको परिवारलाई आर्थिक सहयोग गरिएको छ ।
वैदेशिक रोजगारीको शिलशिलामा जर्मनीको मुनस्टेरमा बस्ने नेपालीहरुको सहयोगमा उपलब्ध गराईएको रकम वालिङ नगरपालिकामार्फत पीडित परिवारलाई बिहीबार उपलब्ध गराईएको हो ।
जर्मनीको मुनस्टेरमा बस्दै आउनुभएका गंगाप्रसाद डुम्रे आकाशको पहलमा संकलन गरिएको रु. ६५ हजार ४१७ पहिरोमा परी परिवार गुमाएकी मनिसा नेपालीलाई नगरपालिका कार्यालयमा हस्तान्तरण गरिएको हो ।
जन्मभूमिमा भएको घटनाप्रति दुःख ब्यक्त गर्दै पीडामा परेको परिवारलाई आर्थिकरुपमा सहयोग गर्नुभएकोमा संकलनकर्ता डुम्रेसहित सम्पूर्णमा नगर प्रमुख दिलीपप्रताप खाँणले धन्यवाद ज्ञापन गर्नुभएको छ ।
नगरपालिकाले परिवारसहित घरबासै उठेको भोजराज, मनिसा नेपाली र पहिरोका कारण विस्थापित बनेका नागरिकहरुको उचित ब्यवस्थापनको तयारीमा लागिपरेको नगर प्रमुख खाँणले बताउनुभयो ।
हस्तान्तरण कार्यक्रममा नगर उपप्रमुख कल्पना तिवारी, प्रमुख प्रशासकीय अधिकृत जीवन ज्ञवालीले पहिरोमा परी जनधनको क्षति पु¥याएको परिवारलाई आर्थिकरुपमा सहयोग उपलब्ध गराएकोमा धन्यवाद ज्ञापन गर्नुभएको थियो ।
विदेशी भूमिमा संकलन गरिएको रकमले पहिरोमा परी परिवारका सदस्यसहित घरबास गुमाएकाको परिवारको पीडामा थोरै भएपनि राहत होस् भन्ने उद्देश्यले रकम संकलन गरी हस्तान्तरण गरिएको संकलनकर्ता डुम्रेले बताउनुभयो । यसअघि बुधबार विदेशमा रहेका विभिन्न संघसंस्थाले वालिङ १४ तमादी, वालिङ ११ पेखु र कालीगण्डकी ४ विर्घामा पहिरोमा परी ज्यान गुमाएकाको परिवार, विस्थापित परिवारलाई आठ लाख ३२ हजार ८२७ नगरपालिकामार्फत पीडित परिवारलाई उपलब्ध गराईएको थियो ।
समाचार
थप सामाग्री
व्यावसायिक समृद्धिको योजनासहित चुनावी मैदानमा शंकर डुम्रे
३ हप्ता अगाडि
वालिङ : वालिङ उद्योग वाणिज्य संघको आगामी असार २१ गते हुने निर्वाचनको रौनक निकै बढेको छ। अध्यक्ष पदमा अनुपमा ढुङ्गाना…


