दुग्ध उत्पादक कृषकहरुले भने ‘लागतका आधारमा दुधको मुल्य पाउन सकिएन ।’
वालिङ :
वालिङ नगरपालिका भित्रका दुग्ध उत्पादक कृषकहरुले लागतका आधारमा दुधको मुल्य नपाएको गुनाशो गरेकाछन् । उनीहरुको एउटै गुनाशो छ लागतका आधारमा दुधको मुल्य कम भयो ।
नगर भित्रका दुग्ध उत्पादक कृषकहरुका लागि आयोजना गरिएको दुग्ध उत्पादन तथा प्रशोधन सम्वन्धी तालिमका सहभागीहरुले दुधको उचित मुल्य नपाएको गुनाशो गरेका हुन् ।
तालिम पछि आयोजित अन्तक्रियामा बोल्दै वालिङ दुग्ध उत्पादन समितिका सचिव टिकाराम रेग्मीले पहाडी क्षेत्रमा लागत धेरै पर्ने र सोही अनुशार मुल्य कायम हुनु पर्ने धारणा राख्नुभयो । उत्पादनका आधारमा अनुदान रकम दिने व्यवस्था गर्नुपर्नेमा सचिव रेग्मीको जोड छ । उहाँले थप्नु भयो छिमेकी मुलुकहरु भारत र चीनमा कृषकहरुलाई राज्यले गर्ने व्यवहार नेपालमा पनि अनुशरण गर्नु जरुरी छ ।
कार्यक्रमका सहभागीहरुले राज्यले कृषकलाई गर्ने व्यवहारमा परिवर्तन आउन जरुरी रहेको बताएका थिए ।
कार्यक्रमा बोल्दै दियालो संस्थाका अध्यक्ष कविता तिवारीले कृषक तथा उद्यमीहरुको हितका लागि वालिङमा कार्यक्रम शुरु गरिएको जानकारी दिनुभयो । उहाँले भन्नुभयो कोभिड १९ को प्रभाव कम गर्दै उत्पादन बढाउन तर्फ आफूहरुको ध्यान केन्द्रित भएको छ ।
युएनडिपी नेपाल र वालिङ नगरपालिकाको आर्थिक सहयोग तथा दियालो संस्थाको व्यवस्थापनमा सञ्चालित “कोभिड १९ उद्धार र सामाजिक आर्थिक प्रतिकार्य परियोजना” अन्तर्गत नगर भित्रका दुग्ध उत्पादक कृषकहरुका लागि तालिमको आयोजना गरिएको कार्यक्रम प्रमुख राधाकृष्ण डुम्रेले जानकारी दिनुभयो ।
तालिमका वालिङ नगरपालिका पशु सेवा शाखाका प्रमुख देब कुमारी श्रेष्ठ र डोलराज गैह्रेले प्रशिक्षण दिनुभएको थियो ।
समाचार
थप सामाग्री-
आँधीखोलामा नुहाउने क्रममा बेपत्ता भएकी महिला मृत अवस्थामा फेला ।
-
स्याङ्जा :अचेत भेटिएकी महिलाको मृत्यु
-
पोखरामा ट्रकको ठक्करबाट स्याङ्जा का २५ वर्षीय युवाको मृत्यु
-
२५ वर्षदेखि छाङछाङदी मन्दिरमा बस्दै आएका ५५ वर्षीय साधु मृत भेटिए
-
स्याङ्जाको आँधीखोलामा भेटिएको शव वालिङ–११ का प्रेमबहादुर थापाको भएको पुष्टि
संकटमा मानवताको सहारा: बाढी-पीडितको लागि पतन्जलीको २ करोड ११ लाख
३ हप्ता अगाडि
काठमाडौँ : प्रकृतिले विनाशको लीला रचाउँदा हजारौँ नेपालीको ओठको मुस्कान खोसिएको छ, घर-आँगन भत्किएका छन्। तर, यही महाविपत्तिको अँध्यारोमा करुणा…


