उद्यमशीलतको प्रवर्द्धनका लागि वालिमा बृहत छलफल सम्पन्न ।
वालिङ :
वालिङको बातावरण सुहाउदो उद्यमशीलताको प्रवर्द्धनले मात्रै दीगो आर्थिक बिकास सम्भव हुने वालिङमा आयोजित एक कार्यक्रमका सहभागीहरुले बताएकाछन् । सबै ठाँउमा एकै खाले उद्योगधन्दा सम्भव नहुने भन्दै बक्ताहरुले स्थानीयस्तरलाई ध्यान दिदै नागरिकलाई स्वरोजगार बनाउन तर्फ लाग्नु पर्नेमा जोड दिएका हुन् ।
संयुक्त राष्ट्र संघीय विकास कार्यक्रम र दियालो संस्थाको साझेदारीमा वालिङ नगरपालिकाले आयोजना गरेको उद्यमशीलता सम्वन्धी अन्तरक्रिया कार्यक्रममा बोल्ने बक्ताहरुले स्थानीय समाज र स्थानीय आवश्यक्ताका आधार उद्यमशीलताको बिकास गर्नु पर्ने बताएका हुन् ।
कार्यक्रममा बोल्दै वालिङ नगरपालिकाका प्रमुख दिलिप प्रताप खाँणले वालिङमा उद्योग व्यवशाय सञ्चालन गर्न चाहानेलाई बिभिन्न सेवा सुविधा प्रदान गर्ने बताउनु भयो । उहाँले भन्नुभयो, ‘वालिङमा उद्योगधन्दा सञ्चालन गर्न चाहानेलाई सहज कानुन बनाउनुका साथै बाटो, बिजुली तथा अन्य पूर्बाधारहरु उपलव्ध गराउछौंं ।
.
स्याङजाका नागरिकहरु अव उद्यमशीलताको क्षेत्रमा समेत अगाडि बढ्नु पर्ने भन्दै कोभिड १९ को महामारीले समेत यही सिकाएको बताउनु भयो । प्रमुख खाँणले तत्कालै ईविकको स्थापना गरी उद्यमशीलताको प्रवर्द्धन गरिने स्पष्ट पार्नु भयो ।
कार्यक्रममा बोल्दै नगर उपप्रमुख कल्पना तिवारीले उद्यमशीलताको बिकास गर्न आफूहरु प्रतिबद्ध रहेको बताउनु भयो । उहाँले कोरोनाको माहामारीका कारण नागरिक तथा नवउद्यमीहरुमा समस्या उत्पन्न गराएको भन्दै उपप्रमुख तिवारीले यसबाट बचाउने गरी नगरपालिकाले बिशेष योजना बनाएको जानकारी गराउनु भयो ।
.
कार्यक्रममा बोल्दै सफल व्यवशायी खुमा प्रसाद अर्यालले उद्यमले समाजलाई गति प्रदान गर्ने बताउनु भयो । उहाँले वालिङमा कृषि क्षेत्रको राम्रो सम्भावना रहेको भन्दै सामुहिक तथा सहकारी मार्फत कृषि क्षेत्रमा लाग्न र त्यस्को बजारीकरणमा जोड दिन आग्रह गर्नुभयो ।
उहाँले वालिङलाई उद्यमीको शहर बनाउन आफ्नो तर्फबाट सहयोग गर्ने प्रतिबद्धता समेत व्यक्त गर्नुभयो ।
.
कार्यक्रम बोल्दै युएनडिपी नेपालका गण्डकी र लुम्बिनी प्रदेशका प्रमुख सुदिप अर्यालले उद्यमशीलता व्यवसाय प्रवर्द्धन तथा नवप्रर्वतन केन्द्र (ईविक) मार्फत नवउद्यमी बनाउन सहज हुने बताउनु भयो । उहाँले व्यवस्थित च्यानल र माध्यमबाट सही सूचना प्रदान गर्न सकेमा मात्रै उद्यमशीलताको बिकास सम्भव हुने स्पष्ट पार्नु भयो ।
.
कार्यक्रममा उद्यमी पवमान सुवेदीले युवाहरुलाई नयाँ नयाँ काम गर्नका लागि आकर्षण गर्नु पर्नेमा जोड दिनुभयो ।
कार्यक्रम वालिङ नगरपालिका वडा नम्वर १ का अध्यक्ष तथा नगर प्रवक्ता केदार काफ्ले,वडा नम्वर ११ का अध्यक्ष बसन्तकुमार मल्ल, वडा नम्वर ८ का अध्यक्ष कमल प्रसाद सुवेदी,दियालो संस्थाका अध्यक्ष कविता तिवारी लगायतले बोलेका थिए ।
कार्यक्रमको सञ्चालन दियालो युएनडिपीका कार्याक्रम प्रमुख राधाकृष्ण डुम्रेले गर्नु भएको थियो ।
युएनडिपी नेपाल र वालिङ नगरपालिकाको आर्थिक सहयोग तथा दियालो संस्थाको व्यवस्थापनमा सञ्चालित “कोभिड १९ उद्धार र सामाजिक आर्थिक प्रतिकार्य परियोजना” अन्तर्गत उद्यमशीलता सम्वन्धी अन्तक्रिया कार्यक्रम सञ्चालन गरिएको हो ।
भिडियो : वालिङको बातावरण सुहाउदो उद्यमशीलताको प्रवर्द्धन गरौं, दीगो आर्थिक बिकास सम्भव छ !
.
समाचार
थप सामाग्री-
गरिमा विकास बैंकको नायब प्रमुख कार्यकारी अधिकृतमा रेग्मी नियुक्त
-
दहथुम बहुमुखी क्याम्पसमा ७१ जना विद्यार्थीलाई छात्रवृत्ति
-
वालिङ कर्मचारी सहकारीका सदस्यलाइ सहकारी शिक्षा तालिम
-
अर्जुनचौपारी सर्वोकृष्ट गाउँपालिका घोषित, नेपाली कांग्रेसले गर्यो सम्मान
-
बालबालिकालाई संस्कृतिसँग जोड्दै सामाजिक विकास कार्यालय ।
फोटोग्राफरहरुले गरे मिर्गौला पीडितलाई सहयोग
६ दिन अगाडि
हिमाल न्यौपाने/गल्याङ : फोटोग्राफर मञ्च स्याङ्जाले मिर्गाैला पीडितलाई सहयोग गरेको छ । गल्याङ नगरपालिका–६ पिढिखोलाका शेरबहादुर थापाको श्रीमती २९ बर्षिया…