मिर्गौलाको समस्याबाट पीडित किसोर दाजुभाईलाई महिलाहरुले गरे नगद सहयोग ।
वालिङ :
मिर्गौलाको समस्याबाट पीडित किसोर दाजुभाईलाई महिलाहरुले नगद सहयोग गरेकाछन् । वालिङ नगरपालिका वडा नम्वर १० का दाजुभाई किसोरको बिगत एक बर्ष देखि मिर्गौलामा समस्या आएपछि उपचाररत रहनु भएको छ ।
स्थानीय १७ बर्षका शेखर थापा र १८ बर्षका केशव थापाको मिर्गौलामा समस्या आएको र उपचारमा समस्या परेको भन्दै स्थानीय माहाकाली महिला समूहमा आवद्ध महिलाहरुको समूहले नगद संकलन गरेर हस्तान्तरण गरेका हुन् ।
महिलाहरुले एक आपसमा संकलन गरेको २१ हजार सत सय ६५ रुपैया परिवारलाई हस्तान्तरण गरिएको समुहकी अध्यक्ष अम्विका डुम्रेले जानकारी दिनुभयो ।
.

पहिरोबाट पीडित भई बिस्थापित रहेको परिवारका दुई किसोरमा मिर्गाैलाको समस्या भए पछि परिवारमा आर्थिक अभाव भएको भन्दै आफूहरुले सहयोग गरेको स्थानीय महिला सिर्जना पौडेलले बताउनु भयो । उहाँले सबैलाइ आआफ्नो ठाँउबाट सहयोग गर्न अनुरोध समेत गर्नु भएको छ ।
महिलाहरुले स्वतस्फुर्त रुपमा संकलन गरेको रकमले थोरै राहत पुग्ने भए पनि वडा कार्यालय तथा स्थानीय सरकारबाट समेत उचित सहयोग प्रदान गर्न समाजसेवी शोभा गैह्रेले आग्रह गर्नु भएको छ ।
दुबै किसोरको उपचारमा सहयोग गर्न चाहानेहरुले उहाँहरुको अभिभावकको नाममा खोलिएका खाता नम्वरहरुमा सहयोग गर्न सकिने परिवारले जनाएको छ । परिवाका अनुशार शेखरलाई सहयोग गर्न चाहानेहरुले उनकी आमा भिम कुमारी खवासको मुक्तिनाथ बिकास बैंकमा रहेको ००२२१६००४३८२२२०००००१ नम्वरको खातामा र केशवलाई सहयोग गर्न चाहने व्यक्तिले उनकी आमा ईन्द्र कुमारी खबासको गरिमा किास बैंकमा रहेको ००१०१३०००००९४५०००००१ खातामा सहयोग जम्मा गर्न सकिने छ ।
.


समाचार
थप सामाग्री-
आँधीखोलामा नुहाउने क्रममा बेपत्ता भएकी महिला मृत अवस्थामा फेला ।
-
स्याङ्जा :अचेत भेटिएकी महिलाको मृत्यु
-
पोखरामा ट्रकको ठक्करबाट स्याङ्जा का २५ वर्षीय युवाको मृत्यु
-
२५ वर्षदेखि छाङछाङदी मन्दिरमा बस्दै आएका ५५ वर्षीय साधु मृत भेटिए
-
स्याङ्जाको आँधीखोलामा भेटिएको शव वालिङ–११ का प्रेमबहादुर थापाको भएको पुष्टि
संकटमा मानवताको सहारा: बाढी-पीडितको लागि पतन्जलीको २ करोड ११ लाख
३ हप्ता अगाडि
काठमाडौँ : प्रकृतिले विनाशको लीला रचाउँदा हजारौँ नेपालीको ओठको मुस्कान खोसिएको छ, घर-आँगन भत्किएका छन्। तर, यही महाविपत्तिको अँध्यारोमा करुणा…


