कोरोनाको त्रासका बीच स्याङ्जामा बजार अनुगमन तिब्र।
स्याङ्जा :
कोरोनाको त्रासका बिच स्याङ्जामा बजार अनुगमनलाई तिब्र पारिएको छ । चाडपर्वलाई मध्यनजर गर्दै जिल्ला प्रशासन कार्यालय स्याङ्जाको अगुवाईमा बजार अनगुमन तिब्र पारिएको हो । अनुगमन टोलीले ग्रामिण भेगका उपभोक्तालाई मध्यनजर राखेर ग्रामिण भेगमा जोडिने नाकाहरुमा बिशेष अनुगमन गरेको जनाएको छ ।
बिभिन्न खाद्य पसलहरुको अनुगमनका क्रममा केही म्याद गुज्रिएका सामाग्रीहरु नियन्त्रणमा लिई नष्ट गरिएको जिल्ला प्रशासन कार्यालय स्याङजाका प्रशासकीय अधिकृत उज्वल बहादुर बस्नेतले जानकारी दिनुभयो । उहाँले भन्नुभयो, ‘केही पसलहरुमा म्याद गुज्रिएका सामाग्री भेटिए पछि पसलका सञ्चालकलाई सचेत गराईएको छ ।’
सो अवसरमा कपडा पसल बैंक तथा बित्तिय संस्थाहरुमा सामाजिक दुरी कायम गराउने काम समेत गरिएको अधिकृत बस्नेतले जानकारी दिनुभयो ।
बजार अनुगमनमा घरेलु कार्यालयका कर्मचारी, नगरपालिकाका कर्मचारी,प्रहरी,उपभोक्ता राष्ट्रिय मञ्चका प्रतिनिधी,पत्रकार, उद्योग बाणिज्य संघ तथा चेम्वर अफ कमर्शका प्रतिनिधीहरुको सहभागिता रहेको थियो ।
समाचार
थप सामाग्री-
कोजाग्रत पुर्णिमामा सोमबार सार्वजनिक बिदा
-
स्याङ्जा : स्कुटर दुर्घटनामा एकको मृत्यु
-
नेपाली कांग्रेसको सभापतिमा गगनकुमार थापा निर्वाचित
-
कांग्रेसमा अमृत वोस्तीको उम्मेदवारी, प्रवासीको आवाज केन्द्रमा पुर्याउने दाबी
-
केन्द्रीय सदस्यमा ढकालको उम्मेदवारी, उद्यमदेखि सामाजिक अभियानसम्मको अनुभवलाई कांग्रेसको नीतिमा जोड्ने लक्ष्य
‘अब कुनै पक्ष-विपक्ष छैन, हामी एउटै परिवार हौँ’: नवनिर्वाचित क्षत्रीय सभापति खनाल
३ हप्ता अगाडि
स्याङ्जा : राजनीति केवल सत्ता वा पदप्राप्तिको माध्यम मात्र होइन, यो त समाज र जनताको निःस्वार्थ सेवा गर्ने एउटा उत्कृष्ट प्लेटफर्म…


