स्याङ्जामा कुटपिट गरी हत्या गरेको आरोपमा चार जना पक्राउ ।
स्याङ्जा :
स्याङ्जामा एक युवालाई कुटपिट गरी हत्या गरेको आरोपमा प्रहरीले चार जनालाई पक्राउ गरेको छ । पुतलीबजार नगरपालिका ६ पुरीस्वाराका २९ बर्षका सुर्य बहादुर गुरुङलाई कुटपिट गरी हत्या गरेको आरोपमा उनीहरुलाई पक्राउ गरिएको स्याङजाका प्रहरी प्रबक्ता राजेन्द्र प्रसाद अधिकरीले जानकारी दिनुभयो ।
प्रबक्ता अधिकारीका अनुशार पक्राउ पर्नेहरुमा सोही ठाउँको ३४ वर्षका टाउके भन्ने ईन्द्रजित गुरुङ र ३४ वर्षका गिरे बहादुर गुरुङ, २४ बर्षका किङकङ गुरुङ र २८ बर्षका सन्तोष गुरुङ रहेका छन ।
मंगलबार राति पुतलीबजार नगरपालिका ६ टक्सार कोल्डाँडा पहिरोस्थित मादक पदार्थ सेवन गरी दुई पक्ष बीच झडम हुँदा सुर्य बहादुर गम्भिर घाइते भएको थिए । घाइते गुरुङको मणिपाल शिक्षण अस्पताल पोखरामा उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।
समाचार
थप सामाग्री-
नेपाली कांग्रेसको सभापतिमा गगनकुमार थापा निर्वाचित
-
कांग्रेसमा अमृत वोस्तीको उम्मेदवारी, प्रवासीको आवाज केन्द्रमा पुर्याउने दाबी
-
केन्द्रीय सदस्यमा ढकालको उम्मेदवारी, उद्यमदेखि सामाजिक अभियानसम्मको अनुभवलाई कांग्रेसको नीतिमा जोड्ने लक्ष्य
-
‘अब कुनै पक्ष-विपक्ष छैन, हामी एउटै परिवार हौँ’: नवनिर्वाचित क्षत्रीय सभापति खनाल
-
व्यवसाय, समाजसेवा र राजनीतिलाई जोड्ने प्रयास : खुमा अर्यालको नयाँ अध्याय
सङ्घर्ष, समर्पण र जिम्मेवारीको पर्याय: केदार काफ्लेको निष्ठापूर्ण राजनीतिक यात्रा
२ हप्ता अगाडि
राजनीति निष्ठा, निरन्तरता र जनताप्रतिको अगाध समर्पणको परीक्षा हो। त्यही परीक्षामा चार दशकभन्दा बढी समयदेखि खरो उत्रिँदै आउनुभएका एक निर्भीक,…


