पतञ्जलिद्वारा ६० घर परिवारलाई खाद्यान्न सहयोग

वालिङ :
पतञ्जलिले वालिङ ११ का ६० घर परिवारलाई दैनिक उपभोग्य बस्तु उपलब्ध गराएको छ । वालिङ ११ का पेखु र जामुनेका ६० घर परिवारलाई खाद्यान्न हस्तान्तरण गर्नुहुँदै वालिङ प्रमुख दिलीपप्रताप खाँणले नेपालीहरुको महान चाड दशैंको अवसर पारेर खाद्यान्न उपलब्ध गराएकोमा धन्यवाद ज्ञापन गर्नुभयो । उहाँले दैनिक ज्यालादारी गरेर गुजारा चलाउने परिवारका लागि दैनिक उपभोग्य बस्तु उपलब्ध गराउँदा राहत मिल्ने विश्वास ब्यक्त गर्नुभयो ।
कार्यक्रममा प्रमुख प्रशासकीय अधिकृत जीवन ज्ञवालीले पतञ्जलिले यस ठाउँलाई छनौट गरेर गरेको सहयोगप्रति खुशी ब्यक्त गर्दै आगामी दिनमा पनि सहकार्य गर्दै अगाडि बढ्नुपर्नेमा जोड दिनुभयो ।
कार्यक्रममा पतञ्जलि आयूर्वेद केन्द्र प्रालि नेपालका निर्देशक डा. पवमान सुबेदीले पतञ्जलिले उपलब्ध गराएको सहयोगलाई स्वीकार गरेकोमा नगरपालिकासहित पेखुका स्थानीयहरुमा धन्यवाद ब्यक्त गर्नुभयो ।
पतञ्जलिले पेखुका ४४ घर र जामुनेका १६ गरी ६० घरलाई चामल, दाल, नुन, तेल, चिनी, चियापत्ति, घ्यू, दुधलगायतका दैनिक उपभोग्य बस्तु उपलब्ध गराएको हो ।
समाचार
थप सामाग्री
मालुङ्गा सार्वजनिक बहुमुखी क्याम्पसको स्ववियु सभापतिमा भण्डारी
१ हप्ता अगाडि
वालिङ : स्याङजाकोे गल्याङमा रहेको मालुङ्गा सार्वजनिक बहुमुखी क्याम्पसको स्वतन्त्र विद्यार्थी युनियन निर्विरोध चयन भएको छ । क्याम्पसको स्वतन्त्र विद्यार्थी युनियनको…