वालिङ तमादी पहिरो पिडितलाई १० लाख राहत प्रदान

padma aryal-22

स्याङ्जा :
वालिङ नगरपालिका १४ मा एकै परिवारका ९ जना गुमाएका परिवारलाई १० लाख २० हजार प्रदान गरिएको छ । भुमि व्यवस्था, सहकारी तथा गरिवी निवारण मन्त्री पद्मा कुमारी अर्यालले तमादीमै पुगेर उक्त रकम प्रदान गर्नुभएको हो ।
शुक्रबार तमादीमा गरिएको राहत वितरण तथा श्रद्धान्जली कार्यक्रममा मन्त्री अर्यालले संघीय सरकारबाट प्राप्त ७ लाख, भुमि व्यवस्था, सहकारी मन्त्रालयबाट ३ लाख गरी १० लाख प्रदान गर्नुभएको हो ।
यही असोज ८ गते घर माथिबाट आएको पहिरोमा पुरिएर माया नेपालीको ८ जना परिवार र बहिनी उमाकला गरी ९ जनाको मृत्यु भएको थियो । श्रद्धान्जली कार्यक्रममा मन्त्री अर्यालले मृत आत्माको चीर शान्तीको कामना गर्दै परिवारजन प्रति समवेदना व्यक्त गर्नुभयो । साथै मन्त्री अर्यालले प्राकृतिक विपद अन्धो र अविवेकी हुँने भन्दै क्रियामा बस्नुभएको भोजराजलाई धैर्य गर्न अनुरोध गर्नुभयो ।

.


भारतमा रहनुभएका भोजराज अहिले क्रियामा बसिरहनुभएको छ । भोजराज र पहिरोमा उद्धार गरिएकी छोरी मनिषाले आफ्ना अभिभावक गुमाउनुपरेको पिडा आँफूले महशुस गरेको भन्दै मन्त्री अर्यालले सरकार उहाँहरुको अभिभवक रहेको बताउनुभयो । ‘स्व. माया नेपालीको कान्छी छोरी मनिषाको शिक्षाका लागी हामी व्यवस्था गछौँ, धैर्य गर्नुस हामी हजुरहरुको अभिभाव हामी हौँ ।’
पहिरो पिडित भोजराजको बस्ने घर नै नभएपछि अहिले नजिकैको विद्यालयमा काजक्रियामा रहनुभएको छ । पिडितको घर सरकारले बनाइँदिने भन्दै मन्त्री अर्यालले भन्नुभयो, ‘पहिरो पिडित र विस्थापित परिवारको आवास निर्माणका लागी सरकारले व्यवस्था गर्नेछ । प्राकृतिको अगाडि कसैको केही लाग्दो रहेनछ ।’
माया नेपालीको परिवारलाई संघिय सरकारको ५ लाख, भुमि व्यवस्था, सहकारी मन्त्रालयको पहलमा ३ लाख गरी भोजराजको परिवारलाई ८ लाख र मायाकी बहिनी उमाकला नेपालीको परिवारलाई २ लाख प्रदान गरिएको हो । पहिरोमा परी माया सहित घरमा पाहुना आएकी बहिनी उमाकला, मायाकी दिदि छोराहरु, बुहारी, नाती गरी ९ जनाको निधन भएको थियो ।

Facebook Comments Box
TOP