बलात्कारजन्य अपराधका बिरुद्ध पहिलो पाइला नेपालकाे खबरदारी
स्याङ्जा : बलात्कारजन्य अपराधका विरुद्ध खबरदारी गर्दै पहिलो पाइला नेपाल स्याङ्जाले आज खबरदारी र्याली गरेकाे छ । बलात्कार र त्यसपछि निर्ममतापूर्ण ढङ्गले हत्या जस्तो जघन्य अपराधको घटना बारम्बार दोहोरिरहेको अवस्थामा यस्तो अपराध बिरुद्ध सामाजिक आवाज सृजना गर्ने अभियानका साथ दबाबमूलक र्याली तथा शान्तिपूर्ण जुलुस प्रदर्शन गरिएकाे अायाेजककाे भनाइ छ ।
बलत्कार बिरुद्ध बन्न लागिरहेको कानूनको अक्षरस: पालना गराउने र अपराधीलाई कुनै पनि राजनीतिक संरक्षण दिएर उम्काउन नहुने भन्दै पहिलो पाइला स्याङ्जाका सदस्यहरु तथा सक्रिय युवाहरुले आज स्याङ्जा सदरमुकाममा कालो ड्रेस,कालो कफन,कालो मास्क सहित प्लेकार्ड बोकेर शान्तिपूर्ण आन्दोलन गरेका हुन्।
स्याङ्जा सदरमुकामको बिपि चोकबाट सुरु भएको र्याली शहीदचोक-घुम्ती-प्रगतिनगर-देबिस्थान-कारागार- मालपोत लाइन हुँदै शहीदचोकमा आएर कोणसभामा परिणत भएको थियो। स्थानीय युवायुवतीहरुको समेत उल्लेखनीय सहभागिता रहेको र्याली शान्तिपुर्ण ढङ्गले समापन गरिएको पहिलो पाइला नेपाल स्याङ्जाका सचिव झलक अर्यालले बताउनु भयाे।
.

समाचार
थप सामाग्री
अपराध नियन्त्रण र अनुसन्धानमा सघाउन अर्जुनचौपारीमा १३ सीसीटीभी जडान
३ हप्ता अगाडि
स्याङ्जा : स्याङ्जाको अर्जुनचौपारी गाउँपालिका–१ स्थित बजार क्षेत्रमा शान्ति–सुरक्षा सुदृढ बनाउने तथा अपराध नियन्त्रण र अनुसन्धानलाई प्रभावकारी बनाउने उद्देश्यले १३…


