८५ वर्ष उमेर कटेका जेष्ठ नागरिकहरुलाई गल्याङमा सम्मान
गल्याङ : ३० औं अन्तराष्ट्रिय जेष्ठ नागरिक दिवश २०७७ का अवसरमा गल्याङ नगरपालिकाले जेष्ठ नागरिकहरुलाई सम्मान गरेको छ ।
नगरपालिकाले वडा नम्बर ३ को कार्यालयमा ८५ वर्ष उमेर नाघेका १७ जना जेष्ठ नागरिकहरुलाई सम्मान गरेको हो ।
सम्मान कार्यक्रममा गल्याङ नगरपालिका प्रमुख भुपराज अधिकारीले जेष्ठ नागरिकहरु समाजको मार्गदर्शक भएको बताउनुभयो ।
जेष्ठ नागरिकहरुको अनुभवबाट धेरै कुरा सिक्न सकिने भन्दै उहाँले एक दिन मात्रै नभएर जेष्ठ नागरिकहरुलाई सधैं सम्मान गर्नुपर्ने बताउनुभयो ।
नगरप्रमुख अधिकारीले भन्नुभयो –‘उहाँहरुले जे जति संघर्ष गरेर समाजको लागि योगदान गर्नुभयो । त्यसबाट सिकेर हामीले समाजलाई अगाडि बढाउन सक्छौं ।’
जेष्ठ नागरिकहरुलाई आश्रममा लगेर उम्कने प्रबृत्ति भएको भन्दै उहाँले सबै व्यक्ति जेष्ठ नागरिक हुने कुरालाई सधैं स्मरण गर्नुपर्ने बताउनुभयो ।
उहाँले दिवशका अवसरमा केही जेष्ठ नागरिकलाई सम्मान गरिएको भन्दै नगरप्रमुख अधिकारीले सबै वडाहरुमा यस्तै खालको सम्मान गरिने जानकारी दिनुभयो ।
प्रमुख प्रशासकीय अधिकृत इश्वरीप्रसाद पाण्डेले ३० औं अन्तराष्ट्रिय जेष्ठ नागरिक दिवश २०७७ अवसरमा जेष्ठ नागरिकहरुलाई सम्मान गरिएको स्पष्ट पार्नुभयो ।
समाजलाई राम्रो बनाउनका लागि जेष्ठ नागरिकहरुलाई सधैं सम्मान गर्नुपर्ने बताउनुभयो ।
कार्यक्रममा वडा नम्बर तीनका अध्यक्ष महेश भट्टराईले जेष्ठ नागरिकहरुलाई सम्मान गर्ने संस्कारको विकास गर्नुपर्नेमा जोड दिनुभयो ।
उहाँले आफुले अरुको सम्मान गर्न सकेमा त्यही संस्कार आफुमा लागू हुने भन्दै जेष्ठ नागरिकहरुलाई एक दिन मात्रै नभई सधैं सम्मान गर्नुपर्ने बताउनुभयो ।
समाचार
थप सामाग्री-
नेपाली कांग्रेसको सभापतिमा गगनकुमार थापा निर्वाचित
-
कांग्रेसमा अमृत वोस्तीको उम्मेदवारी, प्रवासीको आवाज केन्द्रमा पुर्याउने दाबी
-
केन्द्रीय सदस्यमा ढकालको उम्मेदवारी, उद्यमदेखि सामाजिक अभियानसम्मको अनुभवलाई कांग्रेसको नीतिमा जोड्ने लक्ष्य
-
‘अब कुनै पक्ष-विपक्ष छैन, हामी एउटै परिवार हौँ’: नवनिर्वाचित क्षत्रीय सभापति खनाल
-
व्यवसाय, समाजसेवा र राजनीतिलाई जोड्ने प्रयास : खुमा अर्यालको नयाँ अध्याय
सङ्घर्ष, समर्पण र जिम्मेवारीको पर्याय: केदार काफ्लेको निष्ठापूर्ण राजनीतिक यात्रा
३ हप्ता अगाडि
राजनीति निष्ठा, निरन्तरता र जनताप्रतिको अगाध समर्पणको परीक्षा हो। त्यही परीक्षामा चार दशकभन्दा बढी समयदेखि खरो उत्रिँदै आउनुभएका एक निर्भीक,…


