फ्रान्सका राष्ट्रपति म्याक्रो बिरुद्ध बिरोध प्रदर्शन सहित स्याङ्जामा पुतला दहन
भवानी अधिकारी/स्याङ्जा :
फ्रान्सले लिएको नीतिको बिरोधमा स्याङ्जामा बिरोध प्रदर्शन भएको छ। प्रदर्शनकारीले पुतलीबजारको बाडखोला बजारमा फ्रान्सका राष्ट्रपति इम्यानुअल म्याक्रोको पुतला समेत जलाएका छन् ।
फ्रान्सद्धारा इस्लाम धर्मका अन्तिम सन्देश्टा पैगम्बर मोहम्मद मुस्तफा सलल्लाहो अलैहे बस्सलमको अपमान हुनेगरी सरकारी कार्यालयमा पैगम्बर मोहम्मद कार्टुन अंकित फोटो चित्र झुण्डयाउने लगाएकोमा इस्लाम धर्मालम्बीहरुले आफनो अपमान भएको भन्दै उक्त कार्यको बिरोध प्रदर्शन सहित पुतला दहन गरेको मुस्लिम संघका गण्डकी प्रदेश सभापति शाह मोहम्मदले जानकारी दिनुभयो ।
कोरोना संक्रमण कारण धेरै उपस्थित हुन नसके पनि मुस्लिम समुदायको प्रतिधित्व गर्दे करिब २० जनाको समूहले स्याङजा मुस्लिम समाज बाडखोला बजारमा बिरोध प्रर्दशन गर्दै राष्ट्रपति म्याक्रोलाई सजाय दिन माग गरेका थिए ।
समाचार
थप सामाग्रीवालिङ क्याम्पस,स्ववियुको आयोजनामा तीज बिशेष कार्यक्रम सम्पन्न ।
३ दिन अगाडि
वालिङ : स्याङजाको वालिङमा रहेको वालिङ बहुमुखी क्याम्पस,स्वतन्त्र विद्यार्थी युनियनको आयोजनामा तीज बिशेष कार्यक्रम सम्पन्न भएको छ । क्याम्पसमा अध्ययनरत…