राष्ट्रिय मगर संघ गल्याङको प्रथम नगर अबिधेशन

टिकाराम अधिकारी :
नेपाल सबै जातजाती र भाषा भाषीको साझा फूलबारी हो हामी सबै मिलेर नेपाललाई समृद्व बनाउन सकिने कुरा नेपाली काँग्रेस स्याङ्जाका कार्यबाहक सभापति कुमार रानाले बताउनु भएको छ ।
नेपाल राष्ट्रिय मगर संघ जिल्ला कार्य समिति स्याङ्जाको आयोजनामा नेपाल राष्ट्रिय मगर संघ गल्याङको प्रथम नगर अधिबेशनको शनिबार उद्घाटन गर्दै सो कुरा बताउनु भएको हो ।
उहाँले भन्नु भयो नेपाल निर्माणमा सबै जातजाती भाषा भाषी र समुदायको उत्तीकै महत्वपूर्ण भूमिका रहेको भएता पनि बहादुरीका आधारमा र देशको रक्षाका लागि सधै मगर जाती अगाडी छन् । उहाँले नेपालको प्रथम सहित लखन थापाले नेपालको रक्षाका लागि खेलेको भूमिका प्रशंसनीय भएको कुरा बताउनु भयो ।
.

कार्यक्रममा प्रदेश सांसद भागवत प्रकाश मल्ल,महासमिति सदस्य श्याम प्रसाद वस्याल,माया राना, महाधिबेशन प्रतिनिधि गुरु प्रसाद भट्टराई, महेन्द्र श्रेष्ठ, नेपाल मगर संघ केन्द्रीय सदस्य शेर बहादुर थापा, नेपाली काँग्रेस पूर्वमहाधिबेशन प्रतिनिधि खगिसरा भण्डारी, नेपाल विद्यार्थी संघ केन्द्रीय महासचिव युवराज पाण्डे, नेपाल महिला संघ साविक क्षेत्र नं.३ सचिव हेमा न्यौपाने ,नेपाल तरुण दल स्याङ्जाका सचिव चन्द्र बहादुर राना मगर, भूपू सैनिक संघ जिल्ला अध्यक्ष सुबेदार चन्द्र बहादुर रखाली मगर, नेपाल राष्ट्रिय मगर संघ जिल्ला कोषाध्यक्ष दानमाया राना लगाएतले शुभकामना मन्तव्य व्यक्त गर्नु भएको थियो ।
कार्यक्रममा अमर बहादुर डिसुवा मगरको अध्यक्षतामा २३ सदस्यीय गल्याङ नगर कार्य समिति गठन गरिएको छ । भने सुब्दार चन्द्र बहादुर रखाली मगरको संयोजकत्वमा ५ सदस्यीय सल्लाहकार समिति चयन गरिएको छ । जसको सहसंयोजकमा नारायण थापा सदस्यहरुमा तिर्थ बहादुर राना, दिपक राना, धन बहादुर राना रहनु भएको छ ।
नेपाल राष्ट्रिय मगर संघ जिल्ला कार्यसमितिका अध्यक्ष विक्रम सारु मगरको अध्यक्षतामा भएको कार्यक्रमको स्वागत मन्तव्य जिल्ला उपाध्यक्ष दिल कुमार थापाले र कार्यक्रमको सञ्चालन जिल्ला सदस्य इशा रानाले गर्नु भएको थियो ।
समाचार
थप सामाग्री-
प्रथम पिङ्क सिटि महोत्सव : भलिबलको सेमिफाइनल समिकरण पूरा
-
दमक र वालिङ उद्योग वाणिज्य संघले वालिङमा मनाए होली मिलन कार्यक्रम
-
सर्जक सम्मान तथा अग्रज स्रष्टाहरूको फोटो प्रदर्शनी कार्यक्रम सम्पन्न ।
-
नवग्रह मन्दिरबाट साढे ७७ लाख बढी भेटी संकलन
-
मालुङ्गा सार्वजनिक बहुमुखी क्याम्पसको स्ववियु सभापतिमा भण्डारी

स्याङ्जा पत्रकार समाजका अध्यक्ष रिजाललाई पितृ शोक ।
५ दिन अगाडि
वालिङ : स्याङ्जा पत्रकार समाजका केन्द्रीय अध्यक्ष ईन्द्र रिजाललाई पितृ शोक परेको छ । पत्रकार रिजालका बुवा डिल्लीराज रिजालको ८१…