नाम लुम्बिनी र राजधानी भालुवाङ राख्ने प्रस्ताव दुई तिहाइ मतले पारित
प्रदेश ५ ले आफ्नो नाम र राजधानीको टुंगो लगाएको छ । मंगलवार बसेको प्रदेश सभा बैठकले प्रदेशको नाम लुम्बिनी र राजधानी दाङको राप्ती उपत्यका (देउखुरी) रहने प्रस्ताव पारित गरेको हो ।
प्रदेश सभामा भएको मत विभाजनमा दाङको पक्षमा ६९ र विपक्षमा १३ मत परेका थिए । सत्तारुढ दल नेकपाले प्रस्तावको पक्षमा र कांग्रेसले विपक्षमा मत हाल्न ह्वीप जारी गरेका थिए ।
प्रतिपक्षी दल कुल मतभन्दा कम मत विपक्षमा परेकाले फ्लोर क्रस भएको देखिएको छ ।
प्रस्ताव पारित भएपनि भौतिक संरचना निर्माण नहुँदासम्म प्रदेशको राजधानी बुटवल नै कायम रहनेछ । शेरबहादुर देउवा नेतृत्वको तत्कालीन सरकारले २०७४ माघ ३ गते बुटवललाई प्रदेशको अस्थायी राजधानी तोकेको थियो ।
प्रदेश सभा बैठकमा प्रदेशको नामकरणसम्बन्धी प्रस्ताव पनि दुईतिहाइले पारित भएको हो ।
बैठकमा सरकारका तर्फबाट आन्तरिक मामिला तथा कानून मन्त्री कुलप्रसाद केसी सोनामले शान्तिका अग्रदुत गौतमबुद्धको जन्मस्थल लुम्बिनीको महत्त्वलाई हृदयंगम गर्दै साझा चिनारीको रूपमा प्रदेशको नाम लुम्बिनी राख्ने प्रस्ताव पेश गरेका थिए ।
उक्त प्रस्तावको पक्षमा ७९ र विपक्षमा ४ मत परेका थिए । लाेकान्तरकाे सहयाेगमा
समाचार
थप सामाग्री
वालिङमा शिक्षक मेन्टरिङ तालिम सम्पन्न, नवप्रवेशी शिक्षकलाई प्रमाणपत्र
३ हप्ता अगाडि
वालिङ : वालिङ नगरपालिकाले शिक्षकहरूको पेशागत क्षमता अभिवृद्धि तथा विद्यालय शिक्षाको गुणस्तर सुधार गर्ने उद्देश्यले सञ्चालन गरेको शिक्षक मेन्टरिङ कार्यक्रम…


