लियो क्लब अफ वालिङ सिटीद्वारा मन्दिर सरसफाई

leo lions

वालिङ :

लियो क्लब अफ वालिङ सिटीले ग्रहौंसुर धार्मिक एवं पर्यटकीय केन्द्रमा रहेको प्रसिद्ध धार्मिक स्थल ग्रहौंसुर मन्दिरमा सरसफाई तथा शुभकामना आदान प्रदान गरेको छ ।

क्लबले बडादशैंको पहिलो दिन घटस्थापनाको दिन वालिङ ८ मा रहेको प्रसिद्ध धार्मिक स्थलकोरुपमा परिचित ग्रहौंसुर मन्दिर परिसरमा रहेका मन्दिर तथा आसपासको क्षेत्रमा सरसफाई गरेको क्लबका अध्यक्ष दिक्षान्त खाँणले बताउनुभयो ।

.

सरसफाईपछि आयोजित शुभकामना आदान प्रदान कार्यक्रममा बोल्नुहुँदै वालिङ नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत जीवन ज्ञवालीले आध्यात्मिक सेवाले मानिसलाई नैतिक बन्धनमा राख्ने बताउँदै सामाजिक क्षेत्रमा अझै अग्रणी भूमिका खेल्न सुझाव दिनुभयो ।

“लियो क्लबले कोभिड १९ को संक्रमणकालीन अवस्था तथा अन्य विपदका कार्यहरुमा अग्रपंक्तिमा राख्दै सामाजिक क्षेत्रमा अगाडि बढीरहको छ” प्रप्रअ ज्ञवालीले भन्नुभयो, “आगामी दिनमा सेवा गर्ने मन, सहयोगी भावनाहरु अझै जागरुक भएर आउन सकुन् ।”

विशेष गरी किशोर किशोरीहरु लागु पदार्थ दुब्यर्सनको कूलतमा फस्ने गरेकोप्रति गम्भीर बन्न आग्रह गर्दै लियो क्लबले शैक्षिक संघ संस्था तथा समुदायमा पुगेर दुब्यर्सनी न्यूनिकरणका लागि पनि सचेतनामूलक कार्यक्रमहरु सञ्चालन गर्नु आवश्यक रहेको प्रप्रअ ज्ञवालीले बताउनुभयो ।

कार्यक्रममा वडा नं. ८ का वडा अध्यक्ष कमलप्रसाद सुबेदी, वालिङ नगरपालिका शिक्षा शाखा प्रमुख बाबुराम सापकोटा, ग्रहौंसुर धार्मिक एवं पर्यटकीय केन्द्रका अध्यक्ष सुरजप्रताप खाँण, लायन्स क्लब अफ वालिङ सिटीका पूर्व अध्यक्ष सीताराम अधिकारी, विश्व हिन्दु युवा संघ स्याङ्जाका अध्यक्ष नवराज पौडेल लगायतले लियो क्लबले स्थापनाको छोटो अवधिमै सामाजिक क्षेत्रमा महत्वपूर्ण भूमिकाहरु निर्वाह गर्दै आएको र आगामी दिनमा निरन्तरता दिंदै लैजानुपर्नेमा जोड दिनुभएको थियो ।

कार्यक्रममा लियो क्लबका अध्यक्ष दिक्षान्त खाँणले सबैको साथ र सहयोगले सामाजिक कार्यहरुमा सहभागी हुने अवसर प्राप्त भएको बताउँदै आगामी दिनमा पनि सामाजिक कार्यहरुमा थप सक्रिय हुँदै जाने उल्लेख गर्नुभयो ।

शुभकामना आदान प्रदान तथा सरसफाई कार्यक्रमका संयोजक कुशल एस्केको स्वागतसँगै शुरु भएको कार्यक्रम अध्यक्ष दिक्षान्त खाँणको अध्यक्षतामा सम्पन्न भएको थियो भने सञ्चालन सचिव हरि रेग्मीले गर्नुभएको थियो ।

Facebook Comments Box
TOP