एल क्लासिको भिडन्त : रियल मड्रिडले बार्सिलोनालाई हरायो ।
स्पेनिस ला लिगा अन्तर्गत हिजो राती भएको खेलमा एल क्लासिको भिडन्तमा रियल मड्रिडले बार्सिलोनालाई ३-१ गोेल अन्तरले पराजित गरेको छ ।
क्याम्प नाउमा शनिबार भएको सिजनको पहिलो एल क्लासिकोमा रियलले बार्सिलोनालाई ३-१ गोल अन्तरले पराजित गरेको हो ।
रियललाई जित दिलाउन फेड्रिको भालभर्डे, सर्जियो रामोस र लुका मोड्रिचले एक एक गोल गरे ।
बार्सिलोनाका अन्सु फातीले एक गोल फर्काए । खेलको पाँचौ मिनेटमा फेड्रिकोले गोल गर्दै रियललाई अग्रता दिलाएका थिए ।
तर, नवौं मिनेटमा फातीले गोल गर्दै बार्सिलोनालाई १-१ गोलको बराबरीमा ल्याएका हुन् ।
खेलको ६३ औं मिनेटमा कप्तान रामोसले पेनाल्टी गोल गर्दै रियललाई २-१ को अग्रता दिलाए ।
यस गोलसँगै फाती एल क्लासिकोमा गोल गर्ने सर्वाधिक कम उमेरका खेलाडी बनेका छन् ।
फातीले १७ वर्षको उमेरमा गोल गरेका हुन् । बार्सिलोनाका लेग्लेटले पेनाल्टी क्षेत्रमा रामोसलाई फउल गरेपछि रियलले पाएको पेनाल्टीको अवसरमा रामोसले गोल गरेका हुन् ।
खेलको ९० औं मिनेटमा मोड्रिचले गोल गर्दै रियललाई ३-१ को सहज जित दिलाए । जितसँगै रियल लिगको शीर्ष स्थानमा उक्लिएको छ ।
रियलले ६ खेलमा १३ अंक जोडेको छ । रियलको यो चौंथो जित हो । बार्सिलोनाको भने यो दोस्रो हार हो । ५ खेलमा ७ अंक जोडेको बार्सिलोना दशौं स्थानमा रहेको छ ।
समाचार
थप सामाग्री-
नेपाली कांग्रेसको सभापतिमा गगनकुमार थापा निर्वाचित
-
कांग्रेसमा अमृत वोस्तीको उम्मेदवारी, प्रवासीको आवाज केन्द्रमा पुर्याउने दाबी
-
केन्द्रीय सदस्यमा ढकालको उम्मेदवारी, उद्यमदेखि सामाजिक अभियानसम्मको अनुभवलाई कांग्रेसको नीतिमा जोड्ने लक्ष्य
-
‘अब कुनै पक्ष-विपक्ष छैन, हामी एउटै परिवार हौँ’: नवनिर्वाचित क्षत्रीय सभापति खनाल
-
व्यवसाय, समाजसेवा र राजनीतिलाई जोड्ने प्रयास : खुमा अर्यालको नयाँ अध्याय
सङ्घर्ष, समर्पण र जिम्मेवारीको पर्याय: केदार काफ्लेको निष्ठापूर्ण राजनीतिक यात्रा
३ हप्ता अगाडि
राजनीति निष्ठा, निरन्तरता र जनताप्रतिको अगाध समर्पणको परीक्षा हो। त्यही परीक्षामा चार दशकभन्दा बढी समयदेखि खरो उत्रिँदै आउनुभएका एक निर्भीक,…


