कृषकहरुले हात ठड्याउदै भने, ‘हामी उत्पादन गर्छौं बजारको व्यवस्थापन गरिदिनु पर्यो ‘।
खगेन्द्र पौडेल/वालिङ :
वालिङ नगरपालिका वडा नम्वर १४ का कृषकहरुले आफूहरु जतिपनि उत्पादन गर्न सक्ने भन्दै बजारको व्यवस्थापन गरिदिन माग गरेकाछन् । वालिङकोे दक्षिणी भेग पर्बतको सिमानामा व्यवशायीक रुपमा कृषि कर्म गर्दै आएका कृषकहरुले बजारको अभावमा समस्या उत्पन्न भएको बताएका हुन् । कोरोनाको माहामारीको कारण आफूहरु प्रभावित भएको बताएकाछन् ।
व्यवशायीक खेती सम्वन्धी तालिम तथा कृषि औजार हस्तान्तरण कार्यक्रममा बोल्दै उनीहरुले आफूहरु विकट गाँउमा रहेकाले सही समयमा बजार र आवश्यक प्राबिधिक तथा अन्य सहयोग पाउन नसकेको गुनाशो गरेका हुन् ।
.

युएनडिपी नेपाल र वालिङ नगरपालिकाको आर्थिक सहयोग तथा दियालो संस्थाको व्यवस्थापनमा सञ्चालित “कोभिड १९ उद्धार र सामाजिक आर्थिक प्रतिकार्य परियोजना” अन्तर्गत उत्पादन बढाउने उद्देश्यका साथ स्थलगत रुपमा नै प्रशिक्षण कार्यक्रम सञ्चालन गरिदै आएको छ ।
सो अवसरमा वालिङ नगरपालिका कृषि शाखाका प्रमुख केश बहादुर थापा, वालिङ नगरपालिका वडा नम्वर १४ का समाजसेवी एबं युवा नेता राजु कुँवर, दियालो युएनडिपीका फिल्ड अधिकृत गंगाधर खनाल (राजु),स्थानीय बिद्यालयका प्रधानाध्यापक धन बहादुर हमाल, हरियाली सुन्तला उत्पादन सहकारीका अध्यक्ष गीर बहादुर खाँम्चा लगायतले बोलेका थिए ।
४० जना कृषकहरुको सहभागिता रहेको तालिममा केश बहादुर थापा र शोभाकान्त पाण्डेले प्रशिक्षण दिनु भएको थियो ।
स्थलगत रुपमा नै गरिएको प्रशिक्षण कार्यक्रममा स्थानीय समुहको लागि सामुहिक रुपमा नर्सरी समेत राखिएको छ ।
.

समाचार
थप सामाग्री-
बैंङिक क्षेत्रमा उच्चस्तरीय पहिचान बनाएका ढकाललाई स्याङ्जा काँग्रेसले गर्यो उम्मेद्वार सिफारिस
-
एनपिएल दोस्रो सिजनको उपाधि लुम्बिनीलाई
-
बिरुवा गाउँपालिकामा आधारभूत अस्पताल सञ्चालन
-
अर्जुनचौपारी र अपिहिमालबीच भगिनी सम्बन्ध : हाइअल्टिच्यूड क्रिकेटको प्रवर्द्धन गरिने ।
-
मुक्तिनाथ बैंकद्धारा प्रहरी कार्यालय स्याङ्जालाई टेलिभिजन
वालिङ सडक खाना महोत्सवको समय थपियाे
१ हप्ता अगाडि
वालिङ : वालिङमा जारी प्रथम वालिङ सडक खाना महोत्सवको समय १ दिन थप गरिएको छ । “हाम्रो नगरमा हाम्रै खाना…


