स्याङ्जाकाे चापाकोटमा बेवारिसे काठ बरामद ।

स्याङ्जा : चापाकोट नगरपालिका १ खोलेगाउँस्थित भित्री सडकको जंगलमा बेवारिसे अवस्थामा भेटिएको सालको काठ प्रहरीले बरामद गरेको छ ।
सालको काठ जंगलमा लुकाएर राखेको भन्ने विशेष सूचनाका आधारमा इलाका प्रहरी कार्यालय चापाकोटबाट गएको प्रहरी टोलीले बाटोमुनि स्याउलाले ढाकेर राखिएका अवस्थामा ३०६.३४ क्युफिट बराबरको २१८ थान सालको काठ फेला पारेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक राजेन्द्रप्रसाद अधिकारीले जानकारी दिए ।
स्थानीय बासिन्दा, जनप्रतिनिधि र प्रहरीको रोहबरमा मुचुल्का तयार पारी आवश्यक कारबाहीका लागि सो काठ वन डिभिजन कार्यालय स्याङ्जामा बुझाइएको छ ।
.

Facebook Comments Box
समाचार
थप सामाग्री-
गण्डकी कोटिहोम महायज्ञको स्थान परिवर्तन, अब पोखरा-१७ बिरौटामा सञ्चालन हुने
-
वालिङ बैंकर्स क्लबले वित्तीय साक्षरता बढाउन गर्यो प्रभातफेरी
-
स्याङ्जाका पत्रकार सुवेदी ‘नेशनल हेल्थ अवार्ड’ बाट सम्मानित
-
वालिङ क्याम्पसको स्ववियुमा निर्वाचित टोली सम्मानित ।
-
गरिमा विकास वैकद्वारा वालिङ क्याम्पसमा वित्तीय साक्षरता कक्षा

हुम कुमारी मल्लको पुण्य तिथिमा सहयोग सामग्री हस्तान्तरण
१ हप्ता अगाडि
स्याङ्जा : समाजसेवी क्या. चित्र बहादुर मल्लले आफ्नी धर्मपत्नी स्व. हुम कुमारी मल्लको ४५ दिनकाे पुण्य तिथिको अवसरमा अपांगता भएका…