स्याङजा प्रशासनले भन्यो,‘पिसिआर रिपोर्ट बारेको बिषयलाई अतिरन्जित पार्ने काम भयो ।’

jipraka_pic_new

राधाकृष्ण डुम्रे :
जिल्ला प्रशासन कार्यालय स्याङ्जाले जिल्ला प्रवेश गर्दा पिसिआर रिपोर्ट देखाउनु पर्ने भन्ने बिषयको बिज्ञप्तीलाई अतिरन्जित पार्ने काम भएको भन्दै ध्यानाकर्षण भएको जनाएको छ । प्रशासनले अति प्रभावित ठाँउबाट आफ्नो घर आउदा स्थानीय व्यक्तिहरुलाई आश्वस्त पार्न मात्र त्यस्तो रिपोर्ट ल्याउन भनेको स्पष्ट पारेको छ ।
जिल्ला प्रशासन कार्यालयले उक्त बिषयलाई थप प्रश्ट पार्दै निकालेको बिज्ञप्तीमा भनिएको छ ‘जिल्ला समन्वय समितिको सभाहलमा भएको सर्वपक्षीय बैठक,प्रदेश सांसदहरु, स्थानीयतहका प्रमुख तथा प्रतिनिधीहरु र अन्य सरोकारवालाको बैठककाे निर्णय अनुसार स्याङ्जा जिल्लालाई कोरोना संक्रमणबाट सुरक्षित राख्न सबैलाई जो जहा छ त्यही बसी चाडपर्व मनाउन अनुरोध गरिएको तथा जिल्ला आउनै परेमा कोरोना संक्रमण बढी भएका भारत, तेस्रो मुलुक र काठमाडौं उपत्यका लगायतका जोखिमपूर्ण स्थानहरुबाट आउने महानुभावहरुका लागि मात्र आफू र समुदायलाई सुरक्षित भएको आश्वस्त पार्न यथासंभव पिसिआर रिपोर्ट लिएर जिल्ला आउन अनुरोध गरिएको र अन्यथा यस्ता बढी जोखिम क्षेत्रबाट आउनेहरुलाई क्वारेन्टाइनमा बस्न अनुरोध गरिएको हो ।’
प्रमुख जिल्ला अधिकारी उमेश बस्नेतले जारी गर्नु भएको बिज्ञप्ती अनुशार जिल्लामा पर्ने सिद्धार्थ राजमार्ग भएर अन्य जिल्ला जान आउन, जिल्ला भित्र प्रवेश गर्न तथा बाहिर जान, स्वास्थ्य प्रोटोकल पालना गरी यातायात संचालन गर्न तथा बजार खोल्न रोकतोक लगाउने गरी कुनै आदेश जारी नगरिएको स्पष्ट पारिएको छ ।
पछिल्लो समय यो बिषयले निक्कै चर्चा पाएको थियो ।

Facebook Comments Box
स्याङ्जामा बाढीले मोटरसाईकल सहित दुई जनालाई बगायो एक बेपत्ता एकको उद्धार ।
२ हप्ता अगाडि

स्याङ्जा : अविरल वर्षाका कारण बढेको खोलाले मोटरसाइकलसहित दुई जनालाई बगाएको छ। स्याङ्जाको पुतलीबजार नगरपालिका–१ स्थित अरौँदी खोलाले मोटरसाइकल र…

TOP