आईपीएलको शीर्ष स्थानमा मुम्बई, चेन्नई प्रतियोगिताबाटै बाहिरियो ।
इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा साविक विजेता मुम्बई इन्डियन्स शीर्ष स्थानमा उक्लिएको छ ।
चेन्नई सुपर किग्ङ्स भने प्रतियोगिताबाट बाहिरिएको छ । आईपीएलको इतिहासमा पहिलो पटक चेन्नई लिग चरणबाट नै बाहिरिएको हो । राति भएको खेलमा टस हारेर पहिले ब्याटिङ गरेको चेन्नाईले निर्धारित २० ओभरमा ९ विकेट गुमाएर ११४ रन बनाउन सक्यो ।
१ सय १५ रनको लक्ष्य पाएको मुम्बईले १२ ओभर २ बलमा विना विकेटको क्षतिमा लक्ष्य पूरा गर्यो । जीतसँगै मुम्बईको १० खेलमा १४ अंक भएको छ । दिल्ली क्यापिटल्स र रोयल च्यालेन्जर्स बेङ्ग्लाेरको पनि १४ अंक नै भए पनि रन रेटका आधारमा मुम्बई लिगको शीर्ष स्थानमा पुगेको हो ।
समाचार
थप सामाग्री-
आँधीखोलामा नुहाउने क्रममा बेपत्ता भएकी महिला मृत अवस्थामा फेला ।
-
स्याङ्जा :अचेत भेटिएकी महिलाको मृत्यु
-
पोखरामा ट्रकको ठक्करबाट स्याङ्जा का २५ वर्षीय युवाको मृत्यु
-
२५ वर्षदेखि छाङछाङदी मन्दिरमा बस्दै आएका ५५ वर्षीय साधु मृत भेटिए
-
स्याङ्जाको आँधीखोलामा भेटिएको शव वालिङ–११ का प्रेमबहादुर थापाको भएको पुष्टि
संकटमा मानवताको सहारा: बाढी-पीडितको लागि पतन्जलीको २ करोड ११ लाख
३ हप्ता अगाडि
काठमाडौँ : प्रकृतिले विनाशको लीला रचाउँदा हजारौँ नेपालीको ओठको मुस्कान खोसिएको छ, घर-आँगन भत्किएका छन्। तर, यही महाविपत्तिको अँध्यारोमा करुणा…


