वालिङका पहिरोपीडित परिवारलाई सहयोग
वालिङ : स्याङ्जाको वालिङ-१४ तमादीका पहिरोपीडितलाई स्याङ्जा सहयोग समाज अन्तर्राष्ट्रिय समन्वय समितिले आर्थिक सहयोग गरेको छ।
गत असोज ८ गते घरमाथिबाट आएको पहिराले पुरिएर एकै घरमा नौ जनाको पुरिएर ज्यान गएकाको परिवार र विस्थापित परिवारलाई आइतबार दुई लाख ३० हजार रुपैयाँ आर्थिक सहयोग हस्तान्तरण गरिएको समाजका वरिष्ठ उपाध्यक्ष प्रकाश श्रेष्ठले बताए।
रोजगारीको सिलसिलामा विदेशमा बस्ने नेपालीहरुको छाता सङ्गठनको रुपमा रहेको समाजको वैदेशिक शाखा दक्षिण कोरिया, दोहा कतार, स्पेन, अमेरिका र साउदी अरबमा गठन भएका समितिहरुमार्फत सङ्कलन भएको रकम पीडित परिवारलाई हस्तान्तरण गरिएको हो।
सहयोगस्वरुप सङ्कलन भएको रकममध्येबाट नौ जना परिवार गुमाएका भोजराज र मनिषा नेपालीलाई एक लाख १० हजार र उक्त पहिरामा घर पुरिएर विस्थापित भई छिमेकीको घरमा आश्रय लिएर बसेका चार परिवारलाई प्रतिपरिवार ३० हजार रुपैयाँका दरले एक लाख २० हजार रुपैयाँ उपलब्ध गराइएको वरिष्ठ उपाध्यक्ष श्रेष्ठले बताए।
पहिराले घर पुरिँदा एकै घरका नौ जनाको मृत्यु भएको थियो भने अन्य चार घर परिवार विस्थापित भएका छन्।
समाचार
थप सामाग्रीगण्डकीमा दुई तिहाइको सरकार, नौ सदस्यीय मन्त्रिपरिषद्
५ दिन अगाडि
मुख्यमन्त्री नियुक्त भएको तीन महिनापछि सुरेन्द्रराज पाण्डेले गण्डकीको मन्त्रिपरिषद्लाई पूर्णता दिनुभएको छ । सोमबार नेकपा (एमाले) बाट चार मन्त्री थपिएपछि…