गण्डकीमा थपिए १२६ जना कोरोना संक्रमित, कुन जिल्लामा कति ?
पोखरा : सोमबार गण्डकी प्रदेशमा थप १२६ जनामा कोरोनाभाइरसको संक्रमण देखिएको छ ।
क्षयरोग उपचार केन्द्र, पोखरा, पोखरा स्वास्थ्य बिज्ञान प्रतिष्ठान, पोखरा र चितवन मेडिकल कलेज, चितवन गरिएको परिक्षणमा गण्डकीमा थप १२६ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।
स्वास्थ्य निर्देशनालय गण्डकीका अनुसार क्षयरोग उपचार केन्द्र, पोखरामा गरिएको परिक्षणमा तनहुँका १८ जना, कास्कीका ५ जना, नवलपरासीका ५६ जना र बाग्लुङका ७ जना रहेका छन् ।
त्यस्तै क्षयरोग उपचार केन्द्र, पोखरा र पोखरा स्वास्थ्य बिज्ञान प्रतिष्ठान, पोखरामा गरिएको परिक्षणमा तनहुँका ६ जना, कास्कीका २४ जना, लमजुङका २ जना, तनहुँका २ जना र स्याङजाका एक जना रहेका छन् ।
सुचनामा तालिकामा खुलाईएको विवरण बाहेक अन्य व्यक्ति पोखरा स्वास्थ्य बिज्ञान प्रतिष्ठान, पोखरा र चितवन मेडिकल कलेजको फिभर क्लिनिकबाट र contact tracing बाट पहिचान भएको जनाइएको छ ।
यससँगै गण्डकीमा प्रदेशमा कोरोना संक्रमितको संख्या ४ हजार ९ सय ७१ पुगेको छ ।
.



समाचार
थप सामाग्री
२०८२ राजनीतिक ‘सुनामी’को वर्ष
२ महिना अगाडि
काठमाडौँ : राजनीतिक दृष्टिले वर्ष, २०८२ निकै उथलपुथलपूर्ण रह्यो । तर वर्षको अन्त्यतिर मुलुकको शान्ति, स्थायित्व र समृद्धिका लागि नयाँ…


