गण्डकीमा थपिए १२६ जना कोरोना संक्रमित, कुन जिल्लामा कति ?

Gandaki_Pradesh

पोखरा : सोमबार गण्डकी प्रदेशमा थप १२६ जनामा कोरोनाभाइरसको संक्रमण देखिएको छ ।

क्षयरोग उपचार केन्द्र, पोखरा, पोखरा स्वास्थ्य बिज्ञान प्रतिष्ठान, पोखरा र चितवन मेडिकल कलेज, चितवन गरिएको परिक्षणमा गण्डकीमा थप  १२६ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । 

स्वास्थ्य निर्देशनालय गण्डकीका अनुसार क्षयरोग उपचार केन्द्र, पोखरामा गरिएको परिक्षणमा तनहुँका १८ जना, कास्कीका ५ जना, नवलपरासीका ५६ जना र बाग्लुङका ७ जना   रहेका छन् । 

त्यस्तै क्षयरोग उपचार केन्द्र, पोखरा र पोखरा स्वास्थ्य बिज्ञान प्रतिष्ठान, पोखरामा गरिएको परिक्षणमा तनहुँका ६ जना, कास्कीका २४ जना, लमजुङका २ जना, तनहुँका २ जना र स्याङजाका एक जना रहेका छन् । 

सुचनामा तालिकामा खुलाईएको विवरण बाहेक अन्य व्यक्ति पोखरा स्वास्थ्य बिज्ञान प्रतिष्ठान, पोखरा र चितवन मेडिकल कलेजको फिभर क्लिनिकबाट र contact tracing बाट पहिचान भएको जनाइएको छ । 

यससँगै गण्डकीमा प्रदेशमा कोरोना संक्रमितको संख्या ४ हजार ९ सय ७१ पुगेको छ ।  

.

2.jpg
1.jpg
3.jpg
Facebook Comments Box
TOP