गण्डकीमा कोरोना संक्रमितको संख्या ७ हजार नाघ्यो ।
गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या ७ हजार नाघेको छ ।
आज थप १ सय २ जना कोरोना संक्रमित थपिएका सँगै प्रदेशमा कोरोना संक्रमितको संख्या ७ हजार नाघेको हो ।
प्रदेशका ७ जिल्लामा १ सय २ संक्रमित थपिएको स्वास्थ्य निर्देशनालय गण्डकीले जनाएको छ ।
थपिनेमा कास्कीका ४६ जना छन् । गोरखामा २७, नवलपरासीमा १२, तनहुँमा ९, म्याग्दीमा ५, पर्वतमा २ र लमजुङमा १ संक्रमित थपिएका छन् ।
गण्डकीमा यससँगै कुल कोरोना संक्रमितको संख्या ७ हजार ४७ पुगेको छ । तीमध्ये ४ हजार ६६ जना निको भएका छन् भने ७२ जनाको ज्यान गएको छ ।
Facebook Comments Box
समाचार
थप सामाग्री
प्रथम खुमा अर्याल टी–२० कपको उपाधी गल्याङलाई
१ हप्ता अगाडि
स्याङ्जा : प्रथम खुमा अर्याल टी–२० रनिङ कप क्रिकेटको उपाधी गल्याङ नगरपालिकाले जितेको छ । खुमा फाउण्डेसलने आयोजना गरेको प्रतियोगितामा…


