वालिङ नगरपालिकाको ध्यान उत्पादकत्व बढाउनमा केन्द्रित छ : नगर प्रमुख खाँण ।
वालिङ :
वालिङ नगरपालिकाका प्रमुख दिलिप प्रताप खाँणले आफूहरु उत्पादकत्व बढाउने गरी दीर्घकालिन योजनामा लागि परेको बताउनु भएको छ । उहाँले भन्नुभयो, दीगो रुपमा उत्पादनको बृद्धि नगरी नागरिकको जीवनस्तरमा परिवर्तन आउन सक्तैन ।
युएनडिपी नेपाल र वालिङ नगरपालिकाको आर्थिक सहयोग तथा दियालो संस्थाको व्यवस्थापनमा सञ्चालित “कोभिड १९ उद्धार र सामाजिक आर्थिक प्रतिकार्य परियोजना” अन्तर्गत नगर भित्रका कोभिड प्रभावित कृषकहरुका लागि बिउबिजन तथा कृषि औजार बितरण गर्दै नगर प्रमुख खाँणले नगरवासीलाई सक्षम र सवल बनाउन आफूहरुको ध्यान केन्द्रित रहेको स्पष्ट पार्नु भयो ।
नागरिकलाई कृषि प्रति आकर्षित गरी उत्पादन बढाउने उद्देश्यले बिउबिजन बितरण गरिएको भन्दै नगर प्रमुख खाँणले अव व्यवशायीक रुपमा खेती गर्नु पर्ने र उत्पादन बढाउनु पर्ने धारणा राख्नुभयो ।
.
प्रमुख खाँणले उत्पादन गरिएका बस्तुहरुलाई बजार सम्म पुर्याउने अभियानका साथ वालिङ प्रडक्ट होल्डिङ मल्टी कोअपरेटिभको स्थापना भइसकेको बताउनु भयो ।
उहाँले स्मार्ट नागरिक भए पछि मात्रै वालिङ स्मार्ट बन्न सक्ने स्पष्ट पार्नुभयो । स्मार्ट वालिङ बनाउनको लागि २० बर्षे योजना रहेको भन्दै नगरप्रमुख खाँणले सबैको प्रयासले मात्रै यसमा सफलता मिल्ने भनाइ राख्नुभयो । वालिङलाई खुला दिशामुक्त गराउन मात्रै सात बर्ष लागेको स्मरण गर्दै खाँणले भन्नुभयो, सबै नागरिक उत्पादन र उत्पादकत्वका क्षेत्रमा लागि परे तोकिएको समयमा नगरलाई स्मार्ट बनाउन सकिने छ ।
.
कार्यक्रममा बोल्दै नगर उपप्रमुख कल्पना तिवारीले नागरिकको जीवनस्तर उकास्नका लागि नगरपालिकाले युएनडिपी नेपालसँग सहकार्य गरिरहेको भन्दै कृषकहरुलाई त्यसको फाईदा लिन आग्रह गर्नुभयो । उहाँले भन्नुभयो, कृषकको सक्रियताले नै कार्यक्रमको प्रभावकारिता बढ्दछ ।
त्यस्तै युएनडिपी नेपालका गण्डकी र लुम्बिनी प्रदेश प्रमुख सुदिप अर्यालले वालिङ नगरपालिकासँगको सहकार्य अत्यन्तै उपलव्धीमुलक रहेको बताउनु भयो । उहाँले भन्नुभयो वालिङका जनप्रतिनीधीहरु दीगो बिकासमा केन्द्रित रहेकाले नै काम गर्न सहज भएको छ ।
कार्यक्रमको उद्देश्य नै उत्पादकत्व बढाउने रहेको जानकारी गराउदै अर्यालले कोभिड प्रभावित नागरिकहरुलाई अधिकतम फाईदा लिन आग्रह गर्नु भयो ।
कार्यक्रममा दियालो संस्थाका अध्यक्ष कबिता गैह्रेले परियोजनाको उद्देश्य र कार्यक्रमका बारेमा जानकारी गराउनु भएको थियो ।
.
कार्यक्रममा वालिङ नगरपालिकाका १४ वटै वडाका ३० जना कृषकहरुलाई पहिलो चरणमा बिउबिजन तथा कृषि औजार हस्तान्तरण गरिएको कार्यक्रम प्रमख राधाकृष्ण डुम्रेले जानकारी दिनुभयो । उहाँले कार्यक्रम कोभिड १९ बाट प्रभावितहरुको सहयोगमा केन्द्रित रहेको बताउनु भयो । साेही अवसरमा पनियारे आलु उत्पादन सहकारीको लागि आलुको बिउ समेत सो अवसरमा प्रदान गरिएको छ । नगरउपप्रमुख कल्पना तिवारीले सहकारीलाई बिउ हस्तान्तरण गर्नु भएको हो ।
कार्यक्रम अन्तरगत नगरपालिकाका बिभिन्न स्थानमा नर्सरी बनाउनुका साथै आवश्यक्ता अनुशार तालिम समेत सञ्चालन भईरहेको छ ।
कार्यक्रममा सफल व्यवशायी खुमा अर्याल , वडा अध्यक्षहरु, कार्यपालिका सदस्यहरु तथा कृषकहरुको सहभागिता रहेको थियो ।
भिडियो : वालिङको बातावरण सुहाउदो उद्यमशीलताको प्रवर्द्धन गरौं, दीगो आर्थिक बिकास सम्भव छ !
।
समाचार
थप सामाग्री-
गरिमा विकास बैंकको नायब प्रमुख कार्यकारी अधिकृतमा रेग्मी नियुक्त
-
दहथुम बहुमुखी क्याम्पसमा ७१ जना विद्यार्थीलाई छात्रवृत्ति
-
वालिङ कर्मचारी सहकारीका सदस्यलाइ सहकारी शिक्षा तालिम
-
अर्जुनचौपारी सर्वोकृष्ट गाउँपालिका घोषित, नेपाली कांग्रेसले गर्यो सम्मान
-
बालबालिकालाई संस्कृतिसँग जोड्दै सामाजिक विकास कार्यालय ।
फोटोग्राफरहरुले गरे मिर्गौला पीडितलाई सहयोग
६ दिन अगाडि
हिमाल न्यौपाने/गल्याङ : फोटोग्राफर मञ्च स्याङ्जाले मिर्गाैला पीडितलाई सहयोग गरेको छ । गल्याङ नगरपालिका–६ पिढिखोलाका शेरबहादुर थापाको श्रीमती २९ बर्षिया…