शक्तीस्वरुपा देबीको दर्शन गर्दै हेर्नुहोस् आजको राशिफल ।
मेष– धनमाल हराउने, चोरिने वा ठगीमा परिने सम्भावना छ। आफ्नो प्रतिभा प्रदर्शन गरी अरूको मन लोभ्याउन सकिनेछ। पुरस्कार, प्रशंसा, ख्याति आदि पाइने समय छ। प्रेम र मित्रताको बन्धन कसिनेछ। प्रतिस्पर्धी परास्त हुनेछन्।
वृष– वादविवाद र झैझगडाबाट टाढै बस्नु बुद्धिमानी हुनेछ। टाउको र आँखाको समस्याले दुःख दिन सक्छ। रोकिएका काम बन्नुका साथै आयआर्जनका स्रोतसमेत बढ्नेछन्। खुसीको समाचार सुन्न पाइनेछ।
मिथुन– घर–जग्गा वा स्थायी सम्पत्तिमा विवाद आउने योग छ। कृषि र व्यापार–व्यवसायमा सामान्य फाइदा हुनेछ। टाउको दुखाइ वा आँखाको समस्याले अलि सताउन सक्छ। समयमा काम सम्पन्न गर्न नसक्दा हातबाट अवसर फुत्कन सक्छ।
कर्कट– नोकरी तथा राजनीति गर्नेहरूलाई विशेष लाभ मिल्नेछ। मान–सम्मान र पद–प्रतिष्ठा पाइने समय छ। आफ्नो कमजोरीप्रति टिप्पणी वा गुनासो बढ्न सक्छ। आफन्तसँग असमझदारी बढे पनि शुभचिन्तकहरूले साथ दिनेछन्।
सिंह– व्यवसाय र उद्योगमा फाइदा मिल्नेछ। केही धन र बहुमूल्य धातु संग्रह हुन सक्छ। सामाजिक प्रतिष्ठा पाइनेछ। मानसम्मान पाउनुका साथै प्रशस्तै आम्दानी बढ्नेछ। परिवारजनमा भने केही असमझदारी बढ्न सक्छ।
कन्या– प्रतिस्पर्धाबाट सामान्य फाइदा उठाउन सकिनेछ। उद्योग–धन्दामा पनि राम्रै सफलता हात पार्न सकिनेछ। बुद्धिको उपयोगले सफलताको सूत्र पत्ता लगाउन सकिनेछ। उत्तम वस्त्र, भोजन र विशेष उपहार हातलागी हुन सक्छ।
तुला– स्वास्थ्यमा देखापर्ने समस्याले सताउन सक्छ। आमाको स्वास्थ्यस्थिति कमजोर बन्नाले त्यसप्रति चिन्ता बढ्न सक्छ। कृषि तथा पशुधनबाट सामान्य फाइदा हुनेछ। मन मिल्ने साथीभाइ अलि टाढिन सक्छन्। प्रेम सम्बन्धमा समस्या आउला।
वृश्चिक– परिवारिक असमझदारीबीच गरिएको प्रयास व्यर्थ होला। तापनि, साथीभाइ र बन्धुबान्धवको सहयोगले लाभ हुनेछ। वादविवाद र झैझगडाबाट टाढै बस्नु बुद्धिमानी हुनेछ। विपरीत लिंगी वा शुभचिन्तकहरूले साथ दिनेछन्।
धनु– विभिन्न अवसरले पछ्याउनेछन्। हिम्मतले काम लिने समय छ। घरमा सुख–समृद्धि बढ्नेछ। बुद्धिको उपयोगले शत्रुबाट जोगिन सकिनेछ। प्रेम र मित्रताको बन्धन कसिन सक्छ।अस्थायी पेसाबाट मनग्य फाइदा हुने देखिन्छ।
मकर– अवसरको खोजीमा दौडधुप गर्नुपर्ला। ठूलो आशा देखाएर ठगी गर्नेहरूले सताउन सक्छन्। नजिकका साथीभाइ टाढिन सक्छन्। टाढाका साथीभाइसँग भने मित्रता बढ्नेछ। पहिलेके लगानी तथा श्रमबाट राम्रे प्रतिफल पाइएला।
कुम्भ– दाजुभाइको सम्बन्ध कमजोर बन्ने सम्भावना छ। खराब आचरण भएकाहरू पनि नजिकिन सक्छन्। आम्दानीको तुलनामा खर्च अलि बढी हुनाले आर्थिक समस्या देखा पर्न सक्छ। काममा ढिलासुस्ती हुन सक्छ ।
मीन– लामो समयदेखि रोकिएका काम सम्पादन होलान्। भूमिलगायत स्थायी सम्पत्तिबारे केही विवाद हुन सक्छ। कृषि, पशुधनबाट पनि यथेष्ट लाभ मिल्नेछ। नोकरीमा पदोन्नति र पढाइलेखाइमा पनि प्रगतिको समय छ।
बिशेष काम गर्ने राम्रो समय बिहान 07:40 देखि 08:28 बजे सम्म छ, यो समय चन्द्र होरा,लाभ बेला, अमृत बेला, गुरु होरा संग संगै जस्तो पर्छन . साथै अर्को राम्रो समय बिहान 10:53 देखि 11:17 सम्म छ यो समय सुभ बेला र अभिजित मुहूर्तको समय हो । ज्योतिष शास्त्रमा यी समयहरु शुभ कामका लागि धेरै नै राम्रो मानिन्छ /
राहु काल दिउसो 11:47 बजे देखि 01:11 बजे सम्म छ । यो समयमा बिशेष सावधानी अपनाउनु होला । राहु कालमा सुरु गरिएका पूजा पाठ आदि, शुभकामले कुनै फल दिदैन र व्यवशाहिक वा सामाजिक कामले पछी सम्म बाधा दिन्छ, मुद्दा मामिला हुन सक्छ, विवाद उत्पन्न हुन सक्छ भनि ज्योतिष शास्त्रमा बताईएको छ / य़ी समयहरु नेपालको आधिकारिक समयहरु हुन् पात्रोमा दिएको समय अन्तर गराउनु होला पूर्व वा पश्चिम घटाउनु वा जोड्नु होला ।
आत्यवस्यकिय काममा यात्रामा जादा वा गर्भवती महिलाले हरिया खानेकुरा र लाउने कुराको प्रयोग गर्नु होला यसले तपाईंको मनोबल बढ्छ साथै दुध तिल वा यी बाट बनेका खाने कुरा खाएमा दिमाग सृजनशील बन्छ, सृजनशील दिमागले सहि निर्णय गर्छ, गर्भवती महिलाले यी वस्तु खानु भए सन्तान तन्दुरुस्त मन्दुरुस्त जन्मन्छ, भन्ने भनाइ छ । यात्रामा हुने शूलको दोष कम हुन्छ । शूल भनेको तपाई आज यात्रामा जाने दिशा पट्टि कुनै दुर्घटनाको सम्भावना भएमा त्यो शूल संग सम्बन्धित दोष रहदैन अथवा कसो कसो तपाइको दिमागले सहि निर्णय गरेर त्यो दुर्घटनाबाट बच्न सफल हुनुहुने छ । सोचेको राम्रो काम अवस्य बन्नेछ / यसलाई शुल दोष नाशक दोहाद अथवा खाने कुरा भन्ने बुजिन्छ ।
आत्यवस्यकिय काममा आज यात्रामा निस्कदा केहि उत्तर
दिशाबाट यात्रा सुरु गर्दा राम्रो हुनेछ । घरबाट केहि बेर त्यो दिशा जानु त्यहाँ मन्दिर भए दाहिने परिक्रमा गर्नु अनि यात्रामा जानु त्यो नभए पूजित बिरुवा तुलसी, बर पिपल वा अन्य कुनै बिरुवामा पनि हाल्नु अनि यात्रामा जानु त्यो नभए माग्ने मान्छे वा साना केटाकेटीलाई केहि खानेकुरा खान दिएर खुशी बनाइ यात्रामा जान सके यात्रामा हुने अपशकुनहरु जस्तै बिरालोले बाटो काट्नु, जुत्ता चप्पल उल्टा देखिनु आदी कुराको दोष कम हुन्छ यात्रा अवस्य सफल हुनेछ ।
सहित जुरेका कामहरु चातुर्य, दक्षता, कला, पुण्य कर्म, ब्यापार गृह आरम्भ, अध्ययन, धातु क्रिया, जागिर प्ररम्भ, बादबिवाद, पन्ना हरीयो बस्तुको काम राम्रो छ ।
स्कन्दमाता: नवरात्रीको पाचौं दिन यिनको पूजा आराधना विशुद्ध चक्रमा ध्यान गरेर गर्ने गरिन्छ। सुख, शान्ति तथा मोक्षकी देवी स्कन्दमाता सबैको दाहिने रहून । मन्त्र: ‘ॐ ऐं ह्रीं क्लीं स्कंदमातायै नम:।’
काठमाडौँको शोभा भगवती मन्दिर जाने चलन छ, 6 वर्षकी कन्यालाई स्कन्धमाताको स्वरूप मानेर पूजा गरिन्छ ।
नवरात्री योग साधनामा विशुद्ध चक्रमा ध्यान गरेर माताको साधना गर्ने गरिन्छ ।
भक्तिभावले स्कन्दमाताको उपासना गर्नाले भक्तको सम्पूर्ण इच्छा पूर्ण हुने, यस मृत्युलोकमा नी परम शान्ति तथा सुख प्राप्त हुने र मोक्षको द्वार खुल्ने विश्वास लिइन्छ। स्कन्दमाताको आराधना गर्नाले बालरूप स्कन्द भगवानको समेत स्वमेव आराधना हुन्छ।
व्युत्पत्ति: भगवान स्कन्दप्रसिद्ध देवासुर संग्राममा देवताको सेनापति थिए। ‘कुमार कार्तिकेय’ पनि भनिने उनको महिमा वर्णन गर्दा पुराणहरूमा कुमार तथा शक्ति आदि भनिएको छ। यिनै भगवान स्कन्दको आमा भएको कारणले भगवती दुर्गाको यस अवतारलाई स्कन्दमाता भनिएको हो।
आवरण: दाहिने तर्फ माथिल्लो हातले स्कन्दलाई काखमा राखेको, माथि उठेको तल्लो हातमा कमलको फूल, देब्रे तर्फ माथिल्लो हात वर मुद्रामा, माथि उठेको तल्लो हातमा कमलको फूल, कमलको फूलको आसन।
अन्य नाम: पद्मासना देवी।
मन्त्र: ‘ॐ देवी स्कन्दमातायै नम:।’ अथवा ‘ॐ ऐं ह्रीं क्लीं स्कन्दमातायै नम:।’
पुजा: नवरात्रीको पाँचौ दिन।
बाहन: सिंह।
समाचार
थप सामाग्रीवालिङ क्याम्पस,स्ववियुको आयोजनामा तीज बिशेष कार्यक्रम सम्पन्न ।
३ दिन अगाडि
वालिङ : स्याङजाको वालिङमा रहेको वालिङ बहुमुखी क्याम्पस,स्वतन्त्र विद्यार्थी युनियनको आयोजनामा तीज बिशेष कार्यक्रम सम्पन्न भएको छ । क्याम्पसमा अध्ययनरत…