दशैँको सन्देश : सम्पादकीय
हामी विजयादशमी २०७७ मनाउँदै छौँ र आश्विन शुक्ल प्रतिपदादेखि दशमीसम्म मनाइने यो पर्वले सास्कृतिक र आध्यात्मिक महत्त्व बोकेको छ । वर्षदिनमा आफन्त, इष्टमित्रबीच सौहार्द्रपूर्णसम्बन्ध स्थापित गर्ने पर्व हो दशैँ । दशैँले ठूलाबडा, मान्यजनप्रति श्रद्धाभाव राख्ने र उनीहरूबाट आशिर्वाद प्राप्त गर्ने पर्व हो पनि हो ।
असत्यमाथि सत्यको विजय , दानवीय स्वभावमाथि मनावीय स्वभावको विजय, कुशासनमाथि सुशासनको विजय, अन्यायमाथि न्यायको विजय , हिंसामाथि अहिंसाको विजय र आसुरी शक्तिमाथि दैवी शक्तिको विजय नै विजया दशमी मनाउनुको उदेश्य हो ।
माता दुर्गाभवानीले महिषासुर नामक दैत्यलाई एवम् भगवान रामचन्द्रले सारा प्राणीलाई दु:ख दिएको रावण्को बध गरि विजय प्राप्त गरेर मानव जातिको कल्याण गर्नुभएको त्यो क्षण सबै मानिस र देवताको स्वभाव भएकाहरूका लागि अत्यन्त हर्ष र खुसीको क्षण थियो । त्यही क्षणको स्मरणमा हामी दशैँलाई विजयको उत्सवका रूपमा मनाउँछौ । यसै खुसियालीमा नवदुर्गा भवनीको प्रसादस्वरूप रातो टिका र जमरा लगाउने गरिन्छ ।
हाम्रा पर्वहरू खास गरी दशैँ अत्यन्त सामाजिक मूल्य बोकेको पर्व हो । यसले हामीभित्रको दुर्वृत्तिमाथि विजय प्राप्त गर्ने उत्साह प्रदान गर्दछ । दशैँ हिंसाको पर्व होइन, प्रेमको पर्व हो । दशैका समयमा हामीले हिंसा होइन प्रेम गर्ने कला सिक्नु पर्दछ । काम, क्रोध, लोभ, मोह, मद र मात्सर्य माथि विजय प्राप्त गरेका मानिसमा हिंसाको वृत्ति हुदैन ।
दशैँले समाजिक मूल्य र मान्यता बोकेको छ, आध्यात्मिक मूल्य बोकेको छ र पारिवारिक एकता लगायत विभिन्न मूल्य मान्यता बोकेको छ ।
विजया दशमी भगवान रामको विजयको रूपमा मनाइयोस् अथवा दुर्गापूजाको रूपमा दुवैरूपमा यो शक्तिको पूजा र विजयको उत्सव हो । हर्ष एवम् उल्लास तथा विजयको पर्व हो दशैँ। दशैँ पर्वले हामीभित्र रहेका विभिन्न प्रकारका मद एवम् दुर्गुण त्याग्ने वा तिनीहरू माथी विजय प्राप्त गर्ने हिंस्रक बाट अहिंस्रक बन्ने प्रेरणा दिन्छ । दशैँको मूल सन्देश पनि यहि नै हो ।
समाचार
थप सामाग्रीनिजामती सेवा ऐन छिटो ल्याउन माग
५ दिन अगाडि
स्याङ्जा : २१ औं निजामती सेवा दिवस स्याङ्जामा विविध कार्यक्रम गरी मनाइएको छ । हरेक बर्षको भदौ २२ गते देशभरका…